एनआरएनको आठौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा

एनआरएनको आठौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा
एनआरएन विशेष

गैर आवासिय नेपाली संघ (एनआरएन)को आठौं विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितीले जनाएको छ । असोजको २८ देखि ३१ का लागि  निर्धारण गरिएको अन्तराष्ट्रिय सम्मेलनका लागि महाअधिवेसन प्रतिनिधीहरु राजधानी भित्रिसकेको गैर आबासीय नेपाली संघले जानकारी गराएको छ ।
आयोजक समिति गठन
आठौं विश्व सम्मलेनका लागि परराष्ट्र मन्त्री कृष्ण बहादुर महराको संयोजकत्वमा २२ सदस्यीय उच्च स्तरीय समिति बनाइएको छ भने एनआरएन अध्यक्ष शेष घले संयोजक रहेको आयोजक समिति गठन गरिएको छ ।
उच्च स्तरीय समितिमा मन्त्रालयहरुका सचिव  , योजना आयोगका तथा उद्योग वाणिज्य संघका पदाधिकारीहरु रहेको समिति बनाइएको छ । उच्च स्तरीय समितीमा एनआरएनका कार्यकारी निर्देशक राजेश राणा सदस्य सचिव छन् ।
घले निर्देशक रहेको आयोजक समितीले उपसमिती पनि गठन गरेको छ । सभा, इभेन्ट तथा  व्यवस्थापनका गरि उपसमिती गठन गरिएको छ ।
विद्युतिय भोटिङ मेसिन मार्फत निर्वाचन 
एनआरएनको आठौं विश्व सम्मेलनमा  ईलोक्ट्रोनिक भोटिङ् मेसिनको प्रयोग हुने भएको छ । नेतृत्व चयनका लागि असौजको अन्तिममा  हुने चुनाबी पक्रियामा  विद्युतिय भोटिङ् मेसिनको प्रयोग गरिने निर्वाचन समितीले जनाएको छ । विद्युतिय भोटिङ मेसिन मार्फत निर्वाचन गर्दा चुनावी प्रक्रिया छिटो सम्पन्न हुने निर्वाचन समितीले स्पष्ट पारेको छ ।

उम्मेदवारहरुको मनोनयन दर्ता शुल्क निर्धारण
विश्व सम्मेलनमा उम्मेदवारको दावी गर्नेहरुका लागि मनोनयन दर्ता शुल्क पनि तय गरिएको छ । सम्मेलनमा अध्यक्षका उम्मेदवारले  ४५ सय डलर शुल्क वुझाउनु पर्नेछ । उपाध्यक्ष र महासचिवका प्रतिस्पर्धीका लागि  तीन हजार ७५० डलर तोकिएको छ । त्यस्तै सचिव र  कोषाध्यक्षका लागि  तीन हजार ,सह कोषाध्यक्षलाई  दुई हजार ६२५ डलर शुल्क निर्धारण गरिएको छ । महिला ,युवा र क्षेत्रीय संयोजकलाई दुई हजार २५० साथै क्षेत्रीय उपसंमयोजक एक हजार ५०० डलर तोकिएको छ ।
महाधिवेसनका प्रत्यासी महिला तथा युवा क्षेत्रीय उप– संयोजकले एक हजार र आइसिसी सदस्यले शुल्क एक हजार डलर ( ५०० सदस्यता र ५०० भवन निर्माण लेवी) तोकिएको छ ।
अनलाईन मार्फत प्रतिनिधि दर्ता तथा होटल बुकिङ
विश्व सम्मेलनका लागि महाधिवेसन प्रतिनिधीले अनलाइन मार्फत आफ्नो नाम दर्ता गर्ने व्यवस्था मिलाईएको छ । आयोजक समितीले प्रतिनिधीहरुको लागि होटल बुकिङ अनलाईन मार्फत गर्ने व्यवस्था मिलाएको छ । विश्व सम्मेलनका प्रतिनिधीहरुको लागि पाँच र तिन तारे होटलमा बस्ने सुविधा उपलब्ध गरिएको छ । राजधानीका हयात, –याडीसन, घाङग्री ,एयरपोर्ट फेयरफिल्ड र अन्नपुर्ण गरि छ होटलमा वस्ने व्यवस्था गरिएको छ ।
चार दिनसम्म चल्ने विश्व सम्मेलनमा एक हजार बढि महाधिवेसन प्रतिनिधीहरु सहभागी हँुदैछन् । दुई वर्षे कार्यकालका लागि सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Post Comment