गैरआवासिय नेपाली संघ(एनआरएन) को नयाँ कार्यकालको लागि जमुना (गुरुङ)घलेले उम्मेदवारी घोषणा गरेकी छिन् ।
बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलिया निवासी घलेले उम्मेदवारी घोषणा गरेकी हुन् ।
एनआरएन नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला शक्तिकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको अवधारणा अन्तर्गत चुस्त र सक्षम नेतृत्व प्रदान गर्न, एनआरएनलाई पारदर्शी आर्थिक रुपमा बनाउन, एनआरएनको परियोजनालाई समयमा सम्पन्न गर्नलगायतका एजेण्डा लिएर आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको घलेले बताइन् । उनी वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती हुन् ।
यसअघि नै एनआरएन अध्यक्षको लागि भवन भट्टले पनि उम्मेदवारी घाेषणाा गरिसकेका छन् । यस्तै डिबी कार्कीले समेत अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् ।