एनआरएनए सम्मेलन:अमेरिका क्षेत्रीय संयोजकका लागि तीन जनाको प्रतिश्पर्धा

एनआरएनए सम्मेलन:अमेरिका क्षेत्रीय संयोजकका लागि तीन जनाको प्रतिश्पर्धा
एनआरएन विशेष

काठमाडौमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए) को सम्मेलनमा अध्यक्ष पदमा  भवन भट्ट र जमुना गुरुङ (घले) ले उम्मेदवारी दिएका छन् । त्यस्तै दुई उपाध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

उपाध्यक्षमा  चिरञ्जीवी थापा,कुल आचार्य, कुमार पन्त, रविना थापा,सोनाम लामा र खगेन्द्र क्षेत्रीले उम्मेदवारी दर्ता गारएका हुन् ।

एक महिला उपाध्यक्षका लागि दुई जना रञ्जु थापा र सपिला राजभण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

अमेरिकाको एक क्षेत्रीय संयोजकका लागि तीन जनाको प्रतिश्पर्धा हुने भएको छ । जसमा आङछिरी शेर्पा, गौरिराज जोशी, श्रीप्रसाद पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।

एनआरएनएको एक महासचिव पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसका लागि अर्जुन कुमार श्रेष्ठ, डा बद्री केसी, त्रिलोक गुरुङले उम्मेदवारी दिएका हुन् ।  त्यस्तै दुई सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा   डिवि क्षेत्री, डा देवी बस्नेत,गणेश केसी,जानकी गुरुङ,ऋषिराम कँडेल,सन्तोषकुमार भट्टराई रहेका छन् ।  एक कोषाध्यक्ष पदका लागि हिक्मत थापा र मुच्छेन्द्र गुरुङ प्रतिश्पर्धामा उत्रिएका छन् ।

यस्तै क्षेत्रीय संयोजकका लागि अफ्रिकाबाट सुनिल कार्कीले उम्मेदवारी दर्ता गारएका छन् भने् युरोप क्षेत्रीय संयोजक एकका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । युरोप क्षेत्रिय संयोजकका लागि विनय कुमार श्रेष्ठ,दावा गेल्जे शेर्पा,गंगाधर गौतम, प्रेम बहादुर तामाङ,शिव प्रसाद बरुवाल र थर्क सेन रहेका छन् ।  मध्यपूर्व क्षेत्रीय संयोजक एकका लागि धरम केसी र आरके शर्माको उम्मेदवारी परेको छ ।

सोमबार ३ बजेबाट मदतान शुरु हुने बताइएको छ । सम्मेलनले ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

Post Comment