एनआरएनए अमेरीकाज संयोजकमा गौरी जोशी बिजयी

एनआरएनए अमेरीकाज  संयोजकमा गौरी जोशी बिजयी
एनआरएन विशेष

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरीकाज क्षेत्रको संयोजकमा गौरी जोशी बिजयी भएका छन् ।

एनआरएनए अमेरीकाको निर्वाचनका क्रममा बिभिन्न कारणले चर्चित बनेका अमेरीका टेक्सास डालसका जोशी अन्य दुई जना प्रतिस्पर्धीलाई पराजित गर्दै संयोजकमा निर्वाचित भएका हुन् ।

मतगणना अनुसार जोशीले १ सय १८ मत पाउंदा उहांका निकटतम प्रतिस्पर्धी आङ छिरिङ शेर्पाले ७९ मत पाउनुभयो भने श्री पराजुलीले २८ मत मात्रै प्राप्त गरे ।

यस्तै अमेरिकाज क्षेत्रको  उप संयोजकमा नबिन सेरचन बिजयी भए । सेरचनले पनि दुई जना प्रतिस्पर्धीलाई पराजित गर्दै उप संयोजक पदमा बिजयी भएका हुन् ।

 

Post Comment