गैर अावासीय नेपाली संघ (एनअारएन) अमेरिकाले प्रवासी नेपालीहरूको समस्या समाधानमा पहल गर्ने उदेश्यले ‘हेल्पडेस्क उपसमिति’ गठन गरेको छ ।
गत महिना निर्वाचित एनअारएन अमेरिकाको पहिलो बैठकले उपाध्यक्ष उमा कार्की थापालाइ हेल्पडेस्कको जिम्मा दिने निर्णय गरेको थियो । उपाध्यक्ष थापाले बुधबार ६ जनालाइ हेल्प डेस्क उपसमितिमा मनोनित गरेर पूर्णता दिएकी छन् ।
मनोनित भएका सदस्यहरूमा थलराज पन्त (ड्यालस टेक्सस), सञ्जय थापा (न्यूयोर्क), सुमन वस्ती (इलिनोइ), बासुदेव खनाल (कोलोराडो) र विश्वमान अांगदम्बे (जर्जिया) रहेका छन् । त्यस्तै उपसमितिको सचिवमा मणि नेपाली पनेरू (सानफ्रान्सिस्को, क्यालिफोर्निया) चयन भएका छन् ।
अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूलाइ कुनै पनि समस्या परेको अवस्था, नेपालमा दैवी प्रकोप पर्दा कसरी प्रभावकारी सहयोग गर्न सकिन्छ भन्ने बारेमा उपसमितिले सुझावको अपेक्षा राखेको छ । बिभिन्न राज्यहरूमा रहेका नेपाली समुदायका सदस्यहरूले समस्या पर्दा उपसमितिका पदाधिकारीहरूसँग सम्पर्क गर्न सक्नेछन् ।