एनआरएनए अमेरिकाको प्रवक्तामा बिनोद कुमार तिवारी, मिडिया कोर्डिनेटरमा बाल जोशी

एनआरएनए अमेरिकाको प्रवक्तामा बिनोद कुमार तिवारी, मिडिया कोर्डिनेटरमा बाल जोशी
एनआरएन विशेष

गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको प्रवक्तामा बिनोद कुमार तिवारी तथा मिडिया कोर्डिनेटरमा बाल जोशी चयन हुनुभएको छ ।

आइतवार बसेको एनआरएनए अमेरिका कार्यसमितीको बैठकले प्रवक्तामा पुर्व बोर्ड अफ डाइरेक्टर तिवारी तथा मिडिया कोर्डिनेटरमा सेतोपाटी डट कममा आवद्ध पत्रकार जोशीलाई मनोनित गरेको महासचिव बि.आर. लामाले जानकारी दिनुभयो ।

प्रवक्तामा मनोनित तिवारी एनआरएन अभियन्ता संगै यसअघिको कार्यसमितीमा रहेर काम गरिसक्नुभएको छ भने मिडिया कोर्डिनेटरमा मनोनित जोशी नेपालमा लामो समय पत्रकारिताको अनुभव संगालेर अमेरिका आएपछि पनि सेतोपाटी डट कममा आबद्ध हुनुहुन्छ ।

यस्तै बैठकले एनआरएनए आइसीसीले अमेरिकाज क्षेत्रबाट मनोनित गर्ने तिन सदस्यका लागी एनसिसि अमेरिकाले शिबकुमार राई, डा. संजिब सापकोटा र टिका चौधरीलाई सिफारिस गर्ने निर्णय गरेको महासचिव लामाले बताउनुभयो ।

यस्तै बैठकले हालै सम्पन्न गैर आवासीय नेपाली संघको बिश्व सम्मेलनका बखत एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलमाथी भएको हातपातको प्रयास प्रती खेद प्रकट गरेको तथा हालै धादिङमा भएको बस दुर्घटना तथा डालसमा नेपाली बिद्यार्थीमाथी भएको गोली प्रहारप्रती दुख व्यक्त गरेको महासचिव लामाले बताउनुभयो ।

Post Comment