एनआरएनए प्रतिनिधि र परराष्ट्र अधिकारी बीच छलफल

एनआरएनए प्रतिनिधि र परराष्ट्र अधिकारी बीच छलफल
एनआरएन विशेष
 गैर आवासीय नेपालीले भोग्नुपरेको नितिगत समस्याबारे गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को एक टोलीले परराष्ट्र सचिवलाई भेट गरी नेपाल सरकारलाई प्रवासीका समस्या अवगत गराएको छ ।
संविधानमा दोहोरो नागरिकताको व्यवस्था गरिएपनि त्यसको व्यवहारिक कार्यन्वयनमा देखिएका समस्या,  विदेशवाट नेपालमा लगानी गर्दा आइपर्ने अप्ठ्यारा, दोहोरो कर प्रणाली, खासगरी खाडी मुलुकमा नेपालीले भोग्नुपर्ने समस्या, विदेशमा रहेका सरकारी संयन्त्रको दिने सेवा प्रवाहलाई सरल छरितो पार्ने लगायतका विषयमा परराष्ट्र सचिव शंकरदास बैरागी समक्ष एनआरएनएको टोलीले छलफल गरेको हो ।
छलफलका क्रममा परराष्ट्र सचिव बैरागीले नेपाल सरकार लगानी मैत्री वातावरण निर्माणमा रहेको बताउदैं गैर आवासीय नेपालीका समस्याबारे सरकार र परराष्ट्र मन्त्रालय गम्भिर रहेको बताएको भेटमा सहभागि एनआरएनएका उत्तर अमेरिकाका संयोजक गौरी राज जोशीले जनाएका छन् ।
छलफलका क्रममा अमेरिकाले नेपाललाई दिएको टेम्पोररी प्राटेक्टेट स्टाटस नविकरणमा नेपाल सरकारको पहलकदमीको आवश्यकता एनआरएनए प्रतिनिधिहरुले उठाएका थिए । सो क्रममा परराष्ट्र सचिव वैरागीले सम्वन्धित विभागमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइने बताएको क्षेत्रीय संयोजक जोशीले जनाए ।
यस्तै नेपालीको बाक्लो बसोबास रहेको टेक्ससको डलासमा वाणिज्यदुतावास राख्ने विषयमा समेत एनआरएनए प्रतिनिधिले परराष्ट्र सचिव समक्ष छलफल गरेको छ । डलासमा वाणिज्य दुतावासको कार्यालयको आवश्यकता रहेकाले यो विषय धेरै अघि देखि उठेपनि कार्यन्वयन हुन नसकेकाले भेटमा यो विषय उठाइएको बताउदैं क्षेत्रीय संयोजक जोशीले प्रतिउत्तरमा सचिव बैरागीले नया सरकार गठन भएको र केही दिनमा नियुक्त हुनुहुने परराष्ट्र मन्त्री ज्यू सग सल्लाह गरी त्यसवारे अध्यययन थालनी बताएको जनाए ।
छलफलमा एनआरएनएका महासचिव डा.बद्री केसी, एनआरएनएका उत्तर अमेरिका संयोजक गौरी राज जोशी, सल्लाहकार हरीबोल भण्डारी लगायतको सहभागिता रहेको थियो ।

Post Comment