अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एनआरएनद्धारा कोलोराडोमा बृहत अन्तरकृया सहित ५ महिला सम्मानित

अन्तराष्ट्रिय नारी दिवसको अवसरमा एनआरएनद्धारा कोलोराडोमा बृहत अन्तरकृया सहित ५ महिला सम्मानित
एनआरएन विशेष

कोलोराडो, अमेरीका । एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्पडेक्स अमेरीकाको संयूक्त आयोजनामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बृहत अन्तरकृया तथा महिला सम्मान कार्यक्रम सम्पन्न भयो । एनआरएन अमेरीकाका अध्यक्ष केशव पौड्यालको प्रमुख आतिथ्यतामा बु्रमफिल स्थित मिनी ईन्डिया रेष्टुरेन्टमा नारी सम्मान तथा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथी केशव पौडेलले पानसमा बत्ती बालेर उद्धाटन गरेका कार्यक्रममा बरिष्ठ उपाध्यक्ष सुनिल शाह, उपाध्यक्ष तथा एनआरएन हेल्प डेक्स संयोजक उमा कार्की, महिला संयोजक ईन्दिरा त्रीपाठी, कृष्ण लोहनी, सल्लाहकार बुद्धी लामीछाने, जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको बाक्लो उपस्थितीमा रहेको थियो ।

नेपाल र अमेरिकाको राष्ट्रिय गानसंगै अधी बढेको कार्यक्रममा कोलोराडोमा रहेर बिभिन्न क्षेत्रमा कृयाशिल महिलाहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मान हुनेहरुमा बरिष्ठ गायिका उषाकिरण अधिकारी, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, थ्रोन्टन सिष्टर गु्रपका संयोजक धन पौडेल, नायिका साहारा कार्कि, हेप्पडेक्स कोलोराडो च्याप्टरका सदस्य यसोदा भट्ट रहेका छन् ।

सम्मानितहरुलाई मायाको चिनो सहित खादा पहिराई सम्मान गरिएको थियो । सोही कार्यक्रममा हालै निर्विरोध निर्वाचित कोलोराडो च्याप्टरका पदाधिकारी तथा कोलोराडो हेल्पडेक्सका पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान परिचय गराईएको थियो ।

कोलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष तथा एनआरएन हेल्प डेस्क केन्द्रिय सदस्य बासुदेब खनालको पहलमा दृष्टिबिहिन छात्र जयराम लामिछानेको सहयोगार्थ संकलित नगद रकम उनलाई हस्तान्तरण गर्दै उनको सहयोगको लागी खोलिएको गोफन्टमा सहयोग गर्न सबैलाई आग्रह गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा अन्तरकृया तथा प्रश्न उत्तरको कार्यक्रम रहेको थियो ।

यसमा एनआरएनको गतिबिधी, आगामी रणनिती, हेल्पडेक्सको महत्व र सहयोग संकलन र बितरणलाई पारदर्सिताको बारेमा छलफल भएको थियो । यसरी अफ्ना भनाई राख्नेहरुमा अध्यक्ष केशव पौडेल, बरिष्ट उपाध्यक्ष सुनिल शाह हेल्प डेक्स केन्द्रिय संयोजक उमा कार्की, महिला संयोजक ईन्दिरा त्रीपाठी, कृष्ण लोहनी, एनआरएन अमेरिकाका सल्लाहकार बुद्धी लामीछाने, एनआरएन हेल्प डेस्क केन्द्रिय सदस्य बासुदेब खनाल, जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, कोलोराडो हेल्पडेक्स संयोजक कुमारजंग कार्कि, सदस्य पदमराज तमाङ, लगायतका ब्याक्तिहरु रहेका थिए।

कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुङ्गानाको अध्यक्षतामा सम्मपन्न कार्यक्रममा उपाध्यक्ष कुमारजंग कार्किले स्वागत भाषण र सचिब रामचन्द्र पन्तले कार्यक्रम सञ्चालन गरेका थिए । अन्त्यमा कोलोराडो च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापती राज ढुङ्गानाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै, एनआरएन कसै संग प्रतिस्प्रदा गर्न नभै सबैसंग हातेमालो गर्दै अघि बढ्न कोलोराडोमा स्थापित भएको बताएका थिए ।

Post Comment