गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाको हेल्प डेस्क पहिलो पटक क्यालिफोर्नियामा आफ्नो सार्वजनिक उपस्थिती जनाउने भएको छ ।
यसअघि अमेरिकाका विभिन्न राज्यहरूमा राम्रो प्रभाव पारीरहेको बहुचर्चित परियोजना क्यालिफोर्नियामा लैजान लागिएको हो ।
आगामी अप्रिल २१ तारिखका दिन हेल्प यन्ड सेल्फ हेल्प विषयक एक अभिरुची पूर्ण र उपयोगी कार्यशाला गोष्ठी हुन गईरहेको हेल्प डेस्क उत्तर क्यालिफोर्निया संयोजक तथा एनआरएन क्यालिफोर्निया च्याप्टरका तुलसी चौलागाइँले बताए ।
कार्यक्रम एनआरएन क्यालिफोर्निया च्याप्टर तथा हेल्प डेस्कको संयुक्त आयोजनामा हुन गइरहेको र सो को सम्पूर्ण तयारी पूरा भईसकेको एनआरएन क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीले बताए ।
उक्त अवसरमा कानून, घर खरिद तथा ट्याक्स भर्ने विषयमा आफू कसरी बढी फाईदामा रहन सकिन्छ भन्नेबारे विज्ञहरूबाट प्रस्तूति हुनेछ ।