एनआरएन अमेरिका : ८ औ साधारणसभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारी पुरा

एनआरएन अमेरिका : ८ औ साधारणसभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारी पुरा
एनआरएन विशेष

एनआरएन अमेरिकाको ८ औ साधारणसभा तथा आईसिसी विज्ञ सम्मेलनको अन्तिम तयारी पुरा भएको छ । अमेरिकाको लस एन्जलसमा पत्रकार सम्मेलन गरी ८ औ साधारणसभा तथा आईसिसी विज्ञ सम्मेलनको अन्तिम तयारी पुरा भएको एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले जानकारी दिइन् ।

एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको आयोजनामा एनआरएन अमेरिकाको ८ औ साधारणसभा तथा आईसिसी विज्ञ सम्मेलन हुन लागेको हो । साधारणसभा र विज्ञ सम्मेलन सम्पन्न गर्नको लागि बिभिन्न समिति गठन गरिसकेको उनले जानकारी दिइन् । गठन भएका समितिहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरीरहेको उनको भनाइ छ ।

अदालत जाने एनआरएन अमेरिकाका असन्तुष्ट पक्षको चेतावनी बारे पत्रकारहरुले सोधेको प्रश्नमा उनले असन्तुष्ट पक्षसँग निरन्तर सम्पर्क भईरहेको बताएकी छिन् । असन्तुष्ट पक्षले कार्यक्रम सम्पन्न गर्नको लागि सहयोग गर्ने उनले विश्वास पनि व्यक्त गरेकी छिन् ।

कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकारद्वय उत्तम कार्की र कृष्ण कोईराला, महिला संयोजक ईन्दिरा त्रिपाठी, क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डे, सचिव रोशन अधिकारीले साधारणसभा र विज्ञ समेलनबारे उठेका बिभिन्न प्रश्नका जवाफ दिएका थिए ।

आफुहरुलाई विश्वास गरी साधारणसभा आयोजना गर्ने जिम्मेवारी दिएको भन्दै क्यालिफोर्निया च्याप्टरका अधक्ष्य रामबाबु पाण्डेले एनआरएन अमेरिकालाइ धन्यवाद दिएका थिए ।

क्यालिफोर्निया च्याप्टरका सचिव रोशन अधिकारीले आफुहरुले समाज सेवाको क्षेत्रमा समेत काम गरीरहेको जानकारी दिए । समाजसेवाका लागि प्रत्येक सदस्यबाट ४ हजार २ सय ५० र प्रतेक महिना ४ सय १० रुपैँया बचत गरिरहेको उनले बताए । च्याप्टरको खर्च विवरण पनि चाँडै सार्वजनिक हुने उनको भनाइ छ ।

कार्यक्रममा लस एन्जलसका पर्यटन दुत रामेश्वर भण्डारी, श्री पशुपति फाउन्डेशनका अध्यक्ष भक्त थापा , मन्दिरका गुरु चुडामणि सापकोटा, इतिहास पुरुष श्री गणेश बहादुर कार्की, नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि हेमराज भट्ट, एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटी, नेपाल अमेरिका पत्रकार सघका सचिब अग्नि चौलागाई, नेपाल कलाकार सघका क्षेत्रिय उपाध्यक्ष रविसिह बस्नेत, मधेशी एसोसियसन लस एन्जलसका अध्यक्ष दिनेश शाह, ब्लड डोनर्स लस एन्जलसका अध्यक्ष एकदेव शर्मा लगायत स्थानीय हरुको उपस्थिति रहेको थियो

Post Comment