गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आफ्नो जापानमा मात्रै करिब २९ अर्बको व्यापार तथा व्यवसाय रहेको दाबी गरेका छन् ।
हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमलामा’ कुरा गर्दै अध्यक्ष भट्टले आफूले जापानमा विभिन्न २४ वटा क्षेत्रमा लगानी गरेको पनि सुनाए ।
देशको विकास र समृद्धिको लागि आफूहरु निरन्तर लागिपरेको बताउँदै उनले आगामी दिनमा नेपालमा अर्बौको लगानी भित्र्याउँने विश्वास दिलाए । नेपालको विकास र समृद्धिको अभियानमा अहिले भट्ट देश दौडाहामा छन् ।
सन् २००२ मा भवन भट्ट जापानको टोकियोमा विभिन्न रेष्टुरामा काम गरेर आफ्नो जीवनलाई चलाउँथे। त्यति नै बेला गैरआवासीय नेपाली अभियान सुरु गर्ने तरखर हुँदै थियो ।