एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न
एनआरएन विशेष

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक बसेको हो ।

बैठकमा सल्लाहकारद्वय डा. बोधराज सुबेदी र धरम के .सी. ले बैदेशिक रोजगारीमा बिदेशिएका नेपालीहरुको समस्याबारे जानकारी संकलन गरि त्यसको छलफल सम्बन्धित मुलुकका एनआरएनएसँग गर्नु पर्ने आवश्यकता भएको जोड दिए । बैठकले नवराज पोखरेललाई उपसमितिको उपसंयोजकमा नियुक्त गरेको छ ।

आगामी महिनामा हुने दोस्रो बैठकमा उपसमितिका सहभागी सदस्यहरुले आआफ्नो क्षेत्रमा बैदेशिक रोजगारमा बिदेशिएका नेपालीहरुका विविध समस्या हरुको लिखित टिप्पणी पेश गर्ने निर्णय पनि गरिएको छ ।

संयोजक दिपक खरेलले दैनिक बढ्दै गइरहेको मानव तस्करी रोक्न र वैदेशिक समस्या समाधानमा सरकारसँग मिलेर काम गर्नु पर्ने आवश्यकता भएको बताए ।

बैठकमा संयोजक दीपक खरेल (स्पेन), उपसंयोजक नवराज पोखरेल (रोमानिया), सल्लाहकारद्वय डा. बोधराज सुबेदी(पोल्याण्ड) र धरम के.सी.(सउदी अरब), का साथै मिन कुमार श्रेष्ठ (फ्रान्स), मित्रलाल पार्दे (पोल्याण्ड), दिनेशबाला श्रेष्ठ (ईटली), सुरेशराज त्रिपाठी (साउदी अरव), केदारनाथ ढुंगाना (स्पेन), सन्तोष पौडेल (स्पेन), आनन्द घिमिरे (पोल्याण्ड), भगवती बस्नेत,(ईजरायल) डिल्ली खरेल ‘सुमन’ (रसिया) र जर्मनीका डा. यज्ञ अधिकारीको उपस्थिति रहेको थियो

Post Comment