लग्जेम्बर्ग बैठक नियतबस बिबादीत बनाइयो वा संस्थाको सुधारको मनशायले त्यो त विद्रोहको शंखघोस गर्नेलाई नै थाहा होला । तर जे जसरी भएपनि यो बैठक अन्य बैठक जस्तो मानब चलखेल वा ओसारपसारको आरोप लागेर बिबादित भएन ।
अबैधानिक मानब ओसारपसारलाई विधिवत अन्त्य गर्न नेपाल सरकार लगायत सम्बन्धित नियन्त्रक निकायहरुसंग मिलेर काम गर्ने लिखित प्रतिबद्धता समेत जाहेर गर्यो बैठकले । त्यो ज्यादै सकारात्मक कुरा हो ।
नेपालको आर्थिक पूर्वाधार निर्माणसंग सम्बन्धित र आफ्ना माताहतका संचालित परियोजनाबारे लग्जेम्बर्ग बैठक समयसिमा सहित बोल्यो जुन अति सकारात्मक कुरा हो ।
तर लग्जेम्बर्ग बैठक पनि धेरै कुराहरुमा चुक्यो त्यो मैले अघिल्लो समीक्षामा बताई सकेको छु । त्यो मिडियाले १४ जना एनआरएन अगुवा, स्वोयमसेवक र समर्थकहरुको दृश्य र श्रब्य रेकर्डलाई आधार बनाएर गरिएको समिक्षा थियो। जुन हामीसंग अझैसम्म सुरक्षित छ। तर केहि अभियन्ताहरुको जायज असन्तुष्टिलाई समिक्षा बैठकसम्म कुर्न नदिई आक्रमण शैलीमा एउटा बक्तब्य आयो।
त्यो बक्तब्यबारे हाम्रो भन्नु केहि पनि छैन किनकी आफ्ना असन्तुष्टि मनमा दबाएर कोहिपनि बस्न सक्दैन। तर त्यसको बिधि भनेको प्रारम्भिक चरणमा आन्तरिक हुनु पर्ने हो। भन्नाले समिक्षा बैठकसम्म कुरेर लिखित वा मौखिक रुपमा आफ्ना असन्तुष्टि वा सुझाब केन्द्रलाई बोधार्थ दिदै क्षेत्रीय समितिलाई बुझाउनु जायज हुन्थ्यो।
बिद्रोहीको नामावलीमा केहि त केन्द्रकै जिम्मेवारहरु हुनुहुन्छ। उहाँहरु स्वयमको सांगाठानिक अनुशासनको एक अनुबन्धन छ। बैधानिक प्रक्रिया छ । आँफू माताहतका संगठन वा तल्ला समितिहरुलाई अनुशासनको दायित्वबोध गराउने, पद्धति र सांगाठानिक संस्कारको नजिर बनिदिएर जिम्मेवार अनुसासित क्याडर बनाउदै नेतृत्व प्रदान गर्ने अहम जिम्मेवारी छ । हामीसंग सम्मेलनमा प्रतिक्रिया दिंदा सरलता पुर्वक प्रस्तुत हुनु भयो ।
पछि कहाँबाट निर्देशन आयो वा निश्चित राजनीतिक आग्रहसहितको छलफल के भयो ? ‘आँफु नेतृत्वमा छु, मेरो नेतृत्वदायी जिम्मेवारी पनि छ। म बसेको संगठन अराजक ताण्डब नृत्य देखाउने कलाकारहरुको संगठन हैन । डायस्पोराको बिशाल र मातृभूमिको लागी प्रवासमा रगत र पसिना बगाएका लाखौ नेपालीहरुको आशा र भरोसाहरु यसमा समाहित छन् । यसको आत्मा मर्न दिनु हुदैन । असन्तुष्टिहरुको विधिवत समाधानको लागी अझै गर्न धेरै छ।’ भन्ने कुराहरु सबै बिर्सि्दिनुलाई पक्कै स्वाभाविक पक्ष भनेर मान्न सकिदैन ।
हो, त्यो उहाँहरुले समिक्षा बैठक बसालेर अझ केन्द्रलाई औपचारिक जानकारी गराए पछि ,आँफु बसेको पदबाट राजिनामा दिएर बिद्रोह गर्न सक्नु हुन्थ्यो । तर सबै एकाएक र आकस्मिक रुपमा भयो जसले सबै एनआरएनहरु अचम्मित भएका छन् । बिना सित्तै लग्जेम्बर्गका अध्यक्ष नारायण गुरुङलाई बिबादित बनाएर रुदै बक्तब्य निकाल्न बाध्य बनाइयो। र त्यो क्रम अझ त्यहि रोकिन्छ भन्ने पनि छैन ।
‘हामीले उहाँहरुलाई अब किन केकालागी नेतृत्वमा पठाउने ? केवल अराजकता र अनुशासन बिहिनाताका लागी ?’ अहिलेको उहाँहरुको शैलीले डायस्पोरामा यस्ता नमीठा प्रश्न संचार गराएको छ ।
मित्रहरुका बीच, अझ एउटै संगठनका सहकर्मीहरु बीचको सम्बन्ध देखाउनका लागि मात्र हुदैन, त्यो निभाउन हुन्छ, त्यहाँ बिश्वास, धैर्यता र आशा समेत हुन्छा । तर अहिले दुखद् भन्नु पर्छ, मिडियाकर्मीको समिक्षा भन्दा उग्र रुपमा जनसम्पर्क समिति सम्बद्ध एनआरएनएका अभियन्ताहरुले आयोजकहरुको समीक्षा बैठक समेत नकुरी असन्तुष्टि छताछुल्ल बनाउनु भयो ।
कतै त्यो, हिजो केन्द्रिय चुनाब हारेको पक्षबाट पुरानो कुण्ठासमेत मिलाएर उभ्याइएको विद्रोहको आकृति त हैन ? वा कतै त्यो संयोजक बामपन्थी समर्थक भएकोले ’किन बिबादित नबनाउने मरिजावास यो पनि ’ भन्ने आशयले रचिएको ’सनी पुजा’ त हैन ? धेरैले यो प्रश्न उठाएका छन् । जसको उत्तर क्रमस समयले दिंदै जानेछ ।