एनआरएनले नागरिकता पाउने तर पासपोर्ट पाउने कि नपाउने? (सरकारको जवाफ भिडियो सहित )

एनआरएनले नागरिकता पाउने तर पासपोर्ट पाउने कि नपाउने?  (सरकारको जवाफ भिडियो सहित )
एनआरएन विशेष

अहिले संसदमा दर्ता भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पनि व्यवस्था गरेको छ। एनआरएन नागरिकता राजनीतिक बाहेक अन्य आर्थिक, सांस्कृतिक, सामाजिक अधिकार पाउनका लागि हो। एउटा विषयमा भने अन्यौल छ- एनआरएन नागरिकता पाएकोले पासपोर्ट पाउने कि नपाउने? एनआरएनलाई छुट्टै पासपोर्ट हुने हो? यदि हैन भने एनआरएन नेपाली नागरिकले विदेशी नागरिक भएको हिसाबले विदेशी पासपोर्ट चलाउनु पर्ने हुन्छ। विदेशी पासपोर्ट चलाएपछि नेपाल आउँदा अन अराइभल भए पनि भिसा पक्कै लिनुपर्छ, त्यसै छिर्न दिँदैनन्। के नेपाली (एनआरएन) नागरिकता भएको व्यक्ति भिसा तिरेर नेपाल प्रवेश गर्छन्? कि एनआरएन नागरिकता देखाएपछि भिसा नलिई नेपाल आउने सुविधा दिने हो? यो प्रश्न मंगलबार संसदमा पनि उठेको छ र यो विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जवाफ दिएका छन्।

के छ जवाफ हेर्नुस् भिडियो


Post Comment