एनआरएन जापान: नेपालको बिकास र समृद्धिमा सघाउने घोषणा

एनआरएन जापान: नेपालको बिकास र समृद्धिमा सघाउने घोषणा
एनआरएन विशेष

गैरआबसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको आठौ बार्षिक साधारणसभा टोकियोको नाकानो हलमा आठ बूँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

परिषदका अध्यक्ष टाशी वान्ग्दी लामाको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणा हुनुहुन्थ्यो । यसैगरी बिशेष अतिथिहरुमा एनआरएनए आइसीसी युवा संयोजक सुदन थापा ,एसिया प्यासेफिक क्षेत्रिय संयोजक किरण बिक्रम थापा ,उपसंयोजक पारसमणि पोख्रेल लगायत हुनुहुन्थ्यो ।

साधारणसभामा एनआरएनएका आइसीसी सदस्यहरु ,राजनैतिक दलका भात्री संगठनका प्रमुखहरु ,पत्रकार महासंघ,जनजाती महासंघ लगाएत जापानमा स्थित सक्रिय संघ सस्थाका प्रमुखहरु, एनआरएन जापनका सल्लाकार ,मानार्थ परिषद, क्षेत्रिय कमिटि संयोजक तथा प्रतिनिधिहरुको अतिथिको रुपमा उपस्थिति रहेको थियो । गैर आबासीय नेपाली संघका अध्यक्ष भबन भट्ट भने बिशेष कामबस नेपाल हुनु भएता पनि कार्यक्रम सफलताको शुभकामना सहित भिडियो संदेश पठाउनु भएको थियो ।

‘जापानबासी नेपालीहरुको सहभागिता, देशको समृद्धि र लगानीमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सुरु भएको आठौ बार्षिक साभारणसभा उदघाटन र बन्द सत्र गरि २ भागमा विभाजित रहेको थियो। पहिलो सत्रको कार्यक्रममा राष्ट्रिय गान संगै एभेरेस्ट इन्टरनेस्नल स्कूलका बिद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रममा संघले राजदुत प्रतिभाराणा लगाएत नेपाली समुदाएमा महत्व पूर्ण सहयोग पुर्याउने ४ जना जापानिज नागरिकलाइ बिषेश सम्मान गरिएको थियो। शुभकामना मन्तब्य राख्नु हूने अधिकाम्स बक्ताहरुले २०१७(१९ कार्यसमितिले धेरै राम्रा प्रशंसनीय कार्य गरेको भन्दै धन्यवाद दिएका थिए भने जापानबासी नेपालीको हकहितका लागी एनआरएनए संग सहकार्य सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो।
सुभकामना मन्तव्यकै क्रममा महामहिम राजदुत प्रतिभा राणाले एनआरएनए जापानको अहिलेको नेतृत्व सक्षम रहेको र जापानमा नेपालीहरुका समस्या समाधानमा एनआरएनए जापान र राजदुताबासले सहकार्य गरिरहेको आगामी दिनमा अझ निकट भएर अघि बढ़ने भन्दै सफलताको सुभकामना दिनु भयो । कार्यक्रममा सस्थाको तर्फबाट बरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो भने अर्का उपाध्यक्ष सरोज कुमार खत्रीले उद्दघाटन सत्रको अन्तमा सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
दोस्रो चरणको बन्दसत्र कार्यक्रम भने करिब ३ घण्टामा सकिएको थियो। बन्द सत्र ६ सदस्यीय अध्यक्ष मण्डल क्रमश डा कुमार बस्नेत ,सुदन थापा ,डा बेद काफ्ले ,ओम गुरुङ ,सालिकराम भण्डारी र सरद गौचनले संचालन गर्नुभएको थियो । कार्यक्रममा एनआरएनए जापानी कोषाध्यक्ष कालिका थापाले आर्थिक र महासचिब बुद्धिराज घिमिरेले कार्य प्रगति प्रतिबेदन र ३ सदस्यीय बिधान समिति (महासचिब ,सचिब र प्रबक्ता)ले संसोधन सहितको बिधान प्रस्तुत गर्नु भएको थियो ।

बन्दसत्रमा हलबाट उठेका केहि आर्थिक र कार्य प्रगति प्रतिबेदन सम्बन्धित् प्रश्नको कोषाध्यक्ष र महासचिबले चित्तबुझ्द्दो जबाफ दिएपछि दुवै प्रतिबेदनलाई हलले सहजै पारित गरेको थियो ।बिधानको हकमा भने केहि बुँदा संशोधन सहित पारित भएको थियो।

नयाँ संशोधित विधानअनुसार एनआरएनए जापानको आगामी अधिवेशन बाट ३१ सदस्यीय कार्यसमिति, १ महिला उपाध्यक्ष,१ युवा उपाध्यक्ष १ क्षेत्रीय उपाध्यक्ष गरी ५ उपाध्यक्ष, १ क्षेत्रको आरक्षण सहित ३ सचिब को व्यवस्था गरिएको छ।

यस्तो छ घोषणा

१. जापान बाट बैदेशिक लगानी तथा नेपालीहरुको संयुक्त लगानी भित्र्याउन सहज भएकाले त्यस सम्बन्धि लगानीमैत्री सेमिनार आयोजना गर्ने र जापानबासी नेपालीको संयुक्त लगानीमा नेपालमा अर्गानिक कृषि ,पर्यटन ,हाइड्रोपावर जस्ता महत्वो पूर्ण क्षेत्र मध्ये कुनै एक छानी एनआरएनए जापान मोर्डन मेघा प्रोजेक्टू शुरु गरिने, जस्का लागि एउटा अध्ययन प्रतिबेदन टिम बनाइने ।

२. नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाइ सहयोग पुग्ने गरि प्रति बर्ष १ लाख जापानिज पर्यटक भित्राउन पहल गर्ने तथा नेपाल जापान सिधा हवाई उडान टोक्यो र ओसाका बाट यथासक्य छिटो संचालनमा ल्याउन नेपाल सरकार समक्ष पहल गर्ने तथा जापानमा आयोजना हुने २०२० ओलम्पिकमा नेपाल बाट सहभागिता जनाउन आउने खेलाडी हरुको मनोबल बडाउन र आबस्यक सहयोग गर्न एउटा बिशेष टिम निर्माण गरिने ।

३. जापान सरकारले अघिल्लो महिना घोषणा गरेको अन्य सात मुलुक सहित नेपाल बाट पनि बिबिध १४ ओटा सेक्टरमा दक्ष्य र अर्धदक्ष्य कामदार ल्याउने निर्णयलाई स्वागत गर्दै सरकारी स्तर बाट निश्चित मापदण्ड बनाएर मात्रै ल्याउन र बिचौलिया हरुबाट कुनै पनि नेपाली ठगिन नदिन नेपाली राजदुताबास जापान संग सहकार्य गरि सबैमा जानकारी तथा सचेतना कार्यक्रम संचालन गर्ने।

४. प्रबासमा आएर प्राबिधिक ज्ञान सहित उच्च शिक्षा हासिल गरेका बिज्ञ हरूलाई नेपालमा स्थापित गर्न नेपाल सरकारको हालको निजामती र लोकसेवा ऐनमा रहेको सेवा प्रवेश उमेर हद ३५ लाई बढाएर ४५ बर्ष राख़्न सुझाब सहितको प्रतिबेदन तयार गरी गैरअबासीय नेपाली संघ आइसीसी मार्फ़त नेपाल सरकारलाई बुझाईने।

५. जापान मा रहेका गैराअबसीय नेपाली हरुलाई जापानमा रहदा आइपर्ने व्यक्तिगत समस्या, कानुनी समस्या र नेपालमा कुनै क्षेत्रमा लगानी गर्न चाहनेका लागि आबस्यक सरकारी तथा कानुनी प्राबधान को बारेमा निशुल्क कानुनी परामर्श दिन नेपालमा बिज्ञसहितको हेल्प डेस्कको व्यवस्था गरिने ।

Post Comment