एनआरएन अध्यक्ष भवन भट्टको बढ्दो सक्रियता , आगामी नेतृत्वका लागी उत्साहीत

एनआरएन अध्यक्ष भवन भट्टको बढ्दो सक्रियता , आगामी नेतृत्वका लागी उत्साहीत
एनआरएन विशेष

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनबाट अध्यक्षमा निर्वाचीत भवन भट्टले आफनो गतिविधीलाई तीब्रता दिन थाल्नुभएको छ । एनआरएन अध्यक्षमा निर्वाचीत भएको शूरुको समयमा कामलाई खासै गति दिन नसक्नुभएको अध्यक्ष भट्ट पछिल्लो समय निकै सक्रिय र आफनो गतिविधिलाई तीब्रताका साथ अगाडि बढाइरहनु भएको छ ।

कार्यकाल अब एक वर्ष मात्र बाँकि रहँदा अध्यक्ष भट्टलाई अघिल्लो नेतृत्वको समयमा शूरु गरिएका प्रोजेक्टले आफना नयाँ कार्ययोजना अगाडि बढाउन समस्या उत्पन्न भइरहेको बताउनुहुन्छ । महाविनाशकारी भूकम्पपछि एनआरएनले गोरखाको लाप्राकमा नमुना बस्ती निर्माण थालेको थियो । तर भौगोलीक कठिनाई, नेतृत्वमा फेरबदललगायत विविध कारणले सो प्रोजेक्ट सम्पन्न गर्न निकै कठिनाई भइरहेको देखिन्छ । गत अक्टोवर ११ तारिख अर्थात ‘एनआरएन डे’ को अवसरमा हस्तान्तरणको तयारी गरिए पनि काम सम्पन्न नभएपछि आगामी बैशाखभित्र जसरी पनि सम्पन्न गर्ने गरि संघ लागिपरेको जनाएको छ ।

विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्य राखी आयोजना गरिएको विज्ञ सम्मेलन आफनो नेतृत्वमा पहिलो पटक भएकोमा अध्यक्ष भट्टले ऐतिहासिक उपलब्धीका रुपमा लिनुभएको छ ।

एनआरएनको वार्षिक समिक्षा बैठकले निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२, २०७६ मा हस्तान्तरण गर्ने निर्णय समेत गरिसकेको छ । साथै बैठकले जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना समेत अन्तिम चरणमा रहेकोले छिटै सो परियोजना पूरा गर्र्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, अध्यक्ष भट्टको कार्यकालमा पहिलो पटक विज्ञ सम्मेलन आयोजना गरि सरकारलाई श्वेतपत्र हस्तान्तरण भइसकेको छ । विदेशी ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्ने उद्देश्य राखी आयोजना गरिएको विज्ञ सम्मेलन आफनो नेतृत्वमा पहिलो पटक भएकोमा अध्यक्ष भट्टले ऐतिहासिक उपलब्धीका रुपमा लिनुभएको छ ।

आफनो कार्यकालमा अघिल्लो नेतृत्वले शूरु गरेका प्रोजेक्ट सम्पन्न गर्नै समय बितेपछि नवौ सम्मेलनको लागि नेतृत्व गर्न अध्क्ष भट्ट उत्साहीत भएर लागिपर्नु भएको हो ।

अध्यक्ष भट्टको नेतृत्वमा एनआरएन कार्यालय आफनै भवनमा सरेको, शंख्खमुल पार्क सरकारलाई हस्तान्तरण गरिएको, लाप्राक नमुना बस्ती पनि हस्तान्तरण भइसक्ने भएकाले कार्यकालको समिक्षा विगतका परियोजना सम्पन्न गर्नमै केन्द्रित हुने देखिन्छ । यथपी अध्यक्ष भट्टले उज्यालो नेपाल कार्यक्रम, जानकी मन्दिर झलमल्ल पार्ने परियोजनालगायतका नयाँ योजना अगाडि सार्दै अगाडि बढ्नु भएको छ ।

अध्यक्ष भट्ट अघिल्लो नेतृत्वले शूरु गरेको महत्वकांक्षी प्रोजेक्ट सञ्चालन भइरहँदा निर्वाचीत भएकाले केहि आलोचना खप्नु परे पनि आफनो कार्यकालमा पुराना सबै प्रोजेक्ट र नयाँ प्रोजेक्टलाई अगाडि बढाउन क्रियाशील देखिनुहुन्छ । अघिल्लो नेतृत्वका प्रोजेक्ट पूरा गर्नमै समय बितेपछि अध्यक्ष भट्ट आगामी नेतृत्व गर्न उत्साहीत हुँदै अगाडि बढ्नु भएको हो ।

Post Comment