क्यालिफोर्नियामा एनआरएनको अन्तरक्रिया

क्यालिफोर्नियामा एनआरएनको अन्तरक्रिया
एनआरएन विशेष

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्यालिफोर्निया च्याप्टरले अन्तरक्रिया सम्पन्न गरेको छ ।फेब्रुअरी ३ मा सान फ्रान्सिस्को र फेब्रुअरी ४ मा लस एन्जलस स्थित नान्किंग इन्डो चाईनिज आर्टेसियामा कार्यक्रम सम्पन्न गरेको हो ।

एनआरएनए सदस्य बन्ने समय धेरै दिन बाँकी नभएकोले सबैलाई सदस्य बन्नको निम्ति एक छलफल कार्यक्रमद्वारा आह्वान गरियो । च्याप्टर र केन्द्रले अमेरिकाको विभिन्न स्थानमा सदस्यता बनाउने अभियान चलाउन सुरु गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एनआरएनएका अगुवा ,समाजसेवी सुनिल शाहले सबै व्यक्तिको व्यक्तिगत विवरणको सुरक्षा गर्न धेरै उपायहरू अपनाइएको हुँदा ढुक्क भएर सदस्य बन्न आग्रह गरे । विभिन्न स्थानमा सदस्यता प्राप्ति पश्चात् सुविधा प्राप्त गर्न सकिने व्यवस्था, नेपालमा संयुक्त लगानी लगायतका नयाँ अवधारणा लिएर आउन लागिएको हुँदा सबैले सदस्य बनी हातेमालो गर्दै अगाडी बढ्न शाहले आग्रह गरे ।

उनले पहिले भएका आजीवन सदस्यले वेबसाइटमा गएर आफ्नो विवरण अपडेट गर्नुपर्ने तथा इमेल भेरिफाइ गरेपश्चात सोहि इमेलमा आउने कोड प्रयोग गरि मतदान गर्न सकिने जानकारी दिए ।उपाध्यक्ष उमा कार्की थापा यस पटक एक दिन पनि सदस्य बन्ने समय नथपिने हुँदा सबैलाई बेलैमा सदस्यता लिन आह्वान गरिन् ।

वेबसाइट निर्माण समितिका सह संयोजक तथा बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले वेबसाइटमा ७ तहको सुरक्षा घेराराखेको छ, तपाइले भरेका विवरण अर्को व्यक्तिले हुबहु हेर्न नसक्ने बताए । सामसुंग फोनबाट सदस्यता भर्दा कहिले फोटो अपलोड नहुने त् कहिले फोटो अपलोड भएर आइडी कार्ड अपलोड नहुने समस्या प्राविधिकसँग सम्पर्क गरी समाधान गर्ने बताए ।

पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्सालले संस्थामा सदस्यता लिनुस् भन्ने भन्दा पनि दिनुस् भन्ने गराउने योजना सहित नयाँ कार्यसमितिमा आउने साथीहरू छान्नुपर्ने बताए र संस्थाप्रति चाहना नभईरहेको परिस्थिति मा राम्रो नेतृत्वको आबश्यकता बताए ।

गैरआवासीय नेपालीको हक हितको लागि लड्न राजनैतिक वा कुनै पनि रङ्ग दिएर जानु हुन्न, हाम्रा हकहित सुनिश्चित गर्नको लागि सबैले हातेमालो गर्दै जानुपर्ने नेपाल अमेरिका पत्रकार संघ, नेजाका अध्यक्ष सुदिप पन्तले बताए

Post Comment