गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सुनिल शाहले वर्ष २०१७ – १९ को अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
‘वरिष्ठ उपाध्यक्ष पदमा रहेर सेवा गर्दै न्याय गरेको अनुभुती गरेकाले मैले आगमाी कार्यकालका लागी अध्यक्षको उम्मेदवारी घोषणा गरेको छु’, शाहले भने ।
टेक्ससको डलासमा ९ मार्च २०१९ मो एक कार्यक्रमका बिच उनलेउम्मेद्वार बन्ने घोषणा गरेका थिए ।
‘सबैं आकांक्षीहरुसग सहकार्य गरेर अघि बढ्न म सधैं खुल्ला रहेको सविनय अनुरोध सहीत निर्वाचनलाई व्यक्तिगत रुपमा नलिई यसलाई स्वच्छ ढंगवाट सम्पन्न गर्न तपाई हामी सबैंको सक्रिय सहयोग रहनेनै छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु’, शाहले आफ्नो फेसबुकमा लेखेका छन् ।