गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यसमितिमा बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराईले वर्ष २०१७ – १९ को महासचिब पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
भट्टराईले एनआरएनए अमेरिकाको संस्थागत बिकास संगै गैर आवासीय नेपालीहरुको हितका लागी आफ्ना बिभिन्न एजेण्डाहरु सहित भट्टराईले महासचिवमा उम्मेद्वारी घोषणा गरेको बताएका छन् ।
‘नेपालीहरुको बाक्लो बसोवास रहेका शहरहरुमा नेपाली सामुदायिक केन्द्र स्थापना गर्न सक्दो सहयोग गर्न पनि मेरो महासचिवमा उम्मेद्वारी हो ।’,भट्टराइले भने ।
एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी बिभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम बढिरहेको छ ।