गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका, इलिनोइ राज्य कमिटीका बर्तमान च्याप्टर अध्यक्ष सत्य नारायण चौधरीले आगामी वर्ष २०१९ /२१ का लागी बोर्ड अफ डारेक्टर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी कार्यकालका लागी उम्मेद्धवारी दिने क्रम बढ्दै गर्दा चौधरीले नेपाल र गैह्र आवासिय नेपालीका लागी काम गर्ने भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बिगत ४ बर्षदेखि ईलिनोई च्याप्टर कमिटीमा योगदान गरेका चौधरीको टीमले गैह्र आवासीय नेपालीहरूका लागि दुई दर्जन भन्दा बढी सामाजीक कार्यहरू गर्न सफल भएका छन्।
चुनावको बेलामा कुनै पनि उम्मेदवारको मुल्यॉकन गर्दा सो उम्मेदवारले आफ्नो घोषणापत्रमा उल्लेख गरेका भबिष्यमा गर्न सकिने कामको बुंदाहरूलाई भन्दा पनि सो उम्मेदवारले बिगतमा गरेका योगदानहरूको उचित मुल्यॉकनको आधारमा गरिनुपर्ने कुरा चौधरीले बताउछन्। च्याप्टरको नेतृत्वबाट आएका चौधरीले एनआरएनएको सुद्रीढिकरणको लागि च्याप्टरहरूलाई ससक्त बनाउनु पर्ने कुरामा जोड़ दिन्छन्।
अमेरीकाका प्रतिष्ठित विश्वबिध्यालयहरूबाट तीनवटा बिषयमा मास्टर्स डिग्री गरेका चौधरी हाल बिश्वबिख्यात नर्थवेस्टर्न बिश्वबिध्यालयको फाईन्बर्ग स्कूल अफ मेडिसिनमा क्लिनिकल रिसर्च एसोसिएटको रूपमा काम गर्नुको साथै हेल्थकेयर म्यानेजमेन्ट एवं लिडरसीप बिषयमा बिध्याबारिधी पनि गर्दैछन्।
इलिनोई राज्यबाट यसबर्ष २ सय ६४ जनाले एनआरएनएको सदस्यता लिएका छन् ।