एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष जेदु पोखरेलले एनआरएनए अमेरिकाको आगामी निर्वाचनको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
गत मार्च १४ का दिन फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका पोखरेल एनआरएनए अमेरिकाको मेरिल्याण्ड शाखाका संस्थापक अध्यक्ष हुन् ।
‘गैरआवाशिय नेपाली समाजको संरक्षण,संवर्धन र बिकासकको आवस्यकता हृदयंगम गर्दै अनि स्वदेशमा अधिकार र अस्तित्व रक्षाको लागी पहलकदमीको अनुभव बटुल्दै यहॉहरुको माझमा एनआरएनए (अमेरिकाको वरिष्ठ उपाध्यक्ष९१९(२१० पदको लागी उम्मेदवार बन्ने निर्णय गरेको छु’,मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका पोखरेलले फेसबुकमा लेखेका छन् ।