एनआरएन कोलोराडो अध्यक्षमा कुमार जंग कार्कीको उम्मेद्धवारी घोषणा (भिडियो)

एनआरएन कोलोराडो अध्यक्षमा कुमार जंग कार्कीको उम्मेद्धवारी घोषणा (भिडियो)
एनआरएन विशेष

एनआरएन कोलोराडो च्याप्टरको आगामी २ बर्षे कार्यकाल ( २०१९( २०२१ ) को लागि अध्यक्षमा कुमार जंग कार्कीले उम्मेद्धवारी घोषणा गरेका छन् ।

केही हप्ता अगाडी उम्मेद्धवारी  घोषणा गर्दै कार्कीले आफ्नो १५ बूँदे एजेण्डा र प्रतिबद्वता सार्वजनिक गरेका छन् ।

उनले समावेशी एकताका साथ टिमलाइ पारदर्शी अनि समुदाय प्रति उत्तरदायीं ढंगले अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कार्कीले निम्न १५ वटा प्रतिबद्धता व्यक्त गरेका छन् ।

“ के तपाईहरू हाम्रो साथमा हुनुहुंछ ? “

( i ) EMPOWERING EACH OTHER

१. नेपाली सफल उद्यमी , व्यापारी अनि अरु विशेषज्ञता हासिल गरेका व्यक्तिहरूको अगुवाईमा Entrepreneurship कार्यशाला गर्ने ।

२. Millennials नया पुस्तालाई सफल बनाउनको निमित्त विभिन्न विचार ( Ideas ) र आबस्यक Tools हरूक़ो मद्दतले प्रोत्साहन प्रदान गर्ने ।

३. साथै त्यों Millennials पुस्तालाई political entrepreneurs बन्नको लागि प्रोत्साहन र प्रवर्धन गर्ने ।

४. NRN USA केंद्र संगको समन्वयमा त्यों प्लेटफ़र्मको प्रयोग गर्दै आर्थिक र मानवीय श्रोत ल्याई कोलोराडो नेपाली समुदायको हित र प्रगतिको लागि उपयोग गर्ने ।

५. हाम्रो समुदायमा आबस्यक सहयोग प्रदान गर्नको लागि Taskforce बनाउने ।

( i i ) EXCITING ALL THE WAY :-

६. NRN ग्लोबल संस्था भएकोले हामी कोलोराडोस्थित स्थानीय संघसंस्थाहरू संग प्रतिस्पर्धीको रूपमा होईन हातेमालों गरेर अगाडी बढ़नेछौ ।

७. हामी सबैको सपना रहेको अनि ३-४ दशकदेखीको अग्रजहरूक़ो सपना , तपाई हाम्रो सपना एक नेपाली सामुदायिक केन्द्रको प्रोजेक्टलाई सबै स्थानीय नेपालीभाषी संघसंस्थाहरूक़ो अपनत्व बोध हुनेगरी सफलीभूत पार्नको लागि समन्वयकारी भूमिका ख़ेल्ने ; गतवर्षको महापुराणमा त्यों प्रोजेक्टको लागि हाम्रो च्याप्टरमार्फ़त उठेको रक़म प्रतिज्ञा ( pledge ) गरेको समेत क़रीब ५५ हज़ार डलर पारदर्शी ढंगले उचित संयंत्रबाट संकलन गर्नेछौ । राज्य तह र संघीय तहबाट Grant ल्याउन के कसरी सकिंछ ; तेस्क़ो पहिचान गरी स्थानीय संघसंस्था , बुद्वीजीवी र विशेषज्ञहरूक़ो समेत परामर्श अनि सहयोगमा यस्क़ो लागि यथोचित पहल गर्ने ।

८. हाम्रा समुदायमा भएका साना समूहहरू जस्तोको सिस्टर ग्रूप जस्ता समूहहरूलाई अझ ठूलो र मज़बूत गर्नको लागि सकेको सहयोग , प्रबर्धन गर्दै समुदायको हितमा लाग्न अझ प्रोत्साहित गर्ने ।

९. अहिलेको Emergency fund लाई अझ ठूलो र पारदर्शी बनाउने ; हेल्प डेस्कलाई अझ सबल बनाउने ।

१०. स्थानीय संघसंस्थाहरू संग मिलेर सांस्कृतिक , साहित्यिक , भाषिक सम्पदाहरूक़ो जगेर्ना गर्ने ; पहिले नै खुलेर संचालनमा आएका र नया खूल्ने नेपाली भाषा पाठशालाहरूको अत्यंत प्रसंशनिय कार्यलाइ सकेको सहयोग गर्ने ।

११. कोलोराडोमा आऊनुहुने नया दाज़ुभाई दिदीबहिनीहरूलाई काम ख़ोज्न र Resume बनाउन आबस्यक परेमा मद्दत गर्ने ।

१२. गत बर्ष अन्तराष्ट्रीय महिला दिवसको अवसर पारेर गरीएकों सम्मान कार्यक्रम जस्मा हाम्रा समाजका बिभिन्न क्षेत्रमा बिशेष योगदान दिएका सफल र प्रेरक महिलाहरुलाई सांकेतिक रूपमा सम्मान गरिएकों थियो ; जस्क़ो प्रतिक्रिया ( feedback ) राम्रो आएकोले तेस्लाई २-२ वर्षमा महिला दिवसको छेको पारेर निरंतरता दिईनेछ ।

( i i i ) We are small if we don’t be included:-

१३. NRN लाई बलियों बनाउनको लागि हाम्रो सबै मूलतः हाम्रा सदस्यहरू संग नियमित सम्पर्क स्थापित गरी feedback लिनेदिने ।

१४. साथै हाम्रा निर्णयहरू , निर्णय प्रक्रियाहरू अनि गतिविधिहरूलाई पारदर्शी ढंगले बेलैमा हाम्रा सदस्यहरुमा सार्वजनिक गरेर जबाफदेही बंनेछौ ।

१५. सबैमा हामी भूतपूर्व नेपाली होईनौ ; “ एकपटकको नेपाली , सधैको नेपाली हौ “ भन्ने NRN को मूलभावलाई गौरव अनि अपनत्वको बोध गर्न प्रोत्साहित गर्ने । विभिन्न कारणबस हामी भूगोल बाहिर रहनुपरे पनि भावनाले हामी नेपाल भित्र नै छौ , हाम्रो नेपाल आमा संगको अटूट अभिच्छिन्न यो रास्ट्रप्रेमलाई कसैले चाहेर पनि अलग गर्न सक्नेछैन भन्ने भावनालाई शसक्त पार्ने । नया पुस्तालाई पनि नेपालसंगको सम्पर्क , आबद्वतालाई निरन्तर राख़्नको लागि अनि प्रोत्साहित गर्नको लागि NNRले पुलको रूपमा काम गर्ने ।

Post Comment