पशुपति पाण्डे एनआरएनए एनसीसी अमेरिकाको सन् २०१९–२१ का लागि महासचिवमा उम्मेदवारी दाखिला गरेपछि चुनावी दौडाहामा निस्किएका छन् ।
पाण्डे भन्छन्, ‘प्रवासमा बसोबास गर्ने नेपालीहरूका लागि एनआरएनएद्वारा नेपाल तथा नेपालीहरू बीच जोडिन पाउनु गौरवको कुरा हो ।’
पाण्डे जन्मभूमिको भूगोलभन्दा बाहिर बसेका नेपालीहरूलाई नेपालको हित, विकास, र समुन्नतिमा जोड्ने गैर आवासीय नेपाली संघ .एनआरएनए) मात्र यस्तो संस्था हो जहाँ हामीले अरूलाई सेवा गर्दा स्वयम् आफूलाई पनि सेवा गरिरहेका हुन्छौँ भन्ने मान्यताका साथ यसमा जोडिएका हुन् ।
करीव २५ वर्षदेखि जन्म भूमि नेपाल र कर्म भूमि अमेरिकामा विभिन्न संघ संस्थामा आबद्ध भएर सामाजिक कार्यमा सहभागी हुँदै आइरहेका छन् पशुपति पाण्डेय ।
सन् २०१० देखि एनआरएनएसँग आबद्ध रही सन २०१४ देखि एन सी सी तथा आई सी सी को टास्कफोर्समा बसेर सक्रियरुपमा काम गर्दै पनि आइरहेका छन् ।
‘एनआरएनए एन सी सी, अमेरिका अहिले पनि संस्थागत प्रगति र सुद्रिढिकरणको मजबुत जग निर्माण गर्दै सिँढी चढिरहेको छ । यसलाई थप गति र उचाइ दिँदै संस्थाको लक्ष र उद्देश्य अनुरूपको आकृतिमा ल्याउन तपाई हाम्रा हात, सिप र दक्षता को आवश्यक छ’, भन्ने पाण्डेको सार्वजनिक अभिव्यक्ति रहेको छ ।
‘त्यसैले यसको पूर्ण संरचना र वैभव स्वरूपको निर्माणमा तपाईँ हामी जोडिँदै जानु पर्छ । यस सन्दर्भमा थुप्रै काम र प्रयासहरू एनआरएनए अमेरिकाका अभियान्ताहरुले अगाडि बढाउनु भएता पनि अझै पनि यसमा गर्नु पर्ने धेरै कामहरू बाँकी नै छन्’, भन्छन् पाण्डे ।