सिकागोमा एनआरएन अमेरिका हेल्प-डेस्कको बैठक सम्पन्न

सिकागोमा एनआरएन अमेरिका हेल्प-डेस्कको बैठक सम्पन्न
एनआरएन विशेष

सिकागो, जुन ११ २०१९एनआरएन अमेरिका हेल्प-डेस्क समितिको केन्द्रिय समिती र इलिनोइ च्याप्टरको संयुक्त बैठक सिकागोमा सम्पन्न भएको छ

बैठकमा हेल्प डेस्क गठन देखि हाल सम्मका बिभिन्न आरोह अबरोहका अनुभवहरु साटासाट, हेल्पडेस्कको आवश्यकता र यसले आगामी दिनमा तय गर्नु पर्ने विषयका बारेमा छलफल गरिएको थियो एन आर एन अमेरिका हेल्पडेस्क केन्द्रिय सदस्य सुमन वस्तीको आतिथ्यमा सम्पन्न सो बैठकको अध्यक्षता हेल्पडेस्क इलिनोइ च्याप्टरका संयोजक बाबुराम सापकोटाले गर्नु भएको थियो

सो अबसरमा संयोजक बाबुराम सापकोटाले बैठकको उद्धेश्यका बारेमा प्रकाश पार्नु भएको थियो भने बैठकमा हेल्पडेस्क इलिनोइ च्याप्टरका सदस्यहरु बिश्व राइ, बिदुर अधिकारी, टुकराज पाठक, मधुसुदन पौडेल, निता कार्की, सुमन श्रेष्ठ र अम्बिर थापाले आफ्ना रायहरु राख्दै आगामी दिनमा हेल्प डेस्कलाई कसरी अगाडी बढाउदै अगाडी लैजान सकिन्छ भन्ने राय राख्दै एन आर एन हेल्प डेस्कका बारेमा बिभिन्न समसामयिक प्रश्नहरु उठाउनु भएको थियो भने केन्द्रिय सदस्य वस्तीले हेल्पडेस्क समीतिले देखाएको तत्परताको प्रसंसा गर्दै बैठकमा उठेका प्रश्नहरुलाई सम्बोधन गर्नु भएको थियो

सो बैठकमा निकट भविष्यमा सिकागोमा हुन लागेको एनआरएनको केन्द्रिय अधिबेशनमा कसरी बृहत रुपमा सहयोग गरी सफल पार्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

Post Comment