गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन बोस्टनमा हुने

गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन बोस्टनमा हुने
एनआरएन विशेष

गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ ।

आगामी सेप्टेम्बर १ र २ ,२०१९ का दिन मेरीओट द्वारा संचालित फेयर फिल्ड इन नामक (होटल )अतिथि गृहमा हुने जानकारी प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले दिएका छन् ।

गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यमा अमेरिकाको बोस्टनमा गर्न लागेको जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३-१६, २०१९ मा ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय समेत गरिसकेको छ ।

काठमाडौं नेपालमा बिश्व सम्मेलनको ठिक डेढ महिना अगाडी हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन निकै महत्वका साथ हेरिएको छ ।

उक्त कार्यक्रममा बिश्वबाट गैर आवासीय नेपाली संघ अभियानमा होमिएका विभिन्न सामाजिक अभियन्ताहरु समेतको उपस्थिति हुने वाग्लेले जनाएका छन् ।

उक्त प्रथम नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका विभिन्न सल्लाहकार, संयोजक, सहसंयोजक र सदस्यहरू रहेको मूल समिति समेत निर्माण गरिएको छ ।

Post Comment