एनआरएनए अमेरिका क्षेत्र उपसंयोजकमा पोखरेलको उम्मेद्वारी घोषणा

एनआरएनए अमेरिका क्षेत्र उपसंयोजकमा पोखरेलको उम्मेद्वारी घोषणा
एनआरएन विशेष

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अमेरिका क्षेत्रको उपसंयोजक पदमा राम सी पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन् ।

मुख्यतस् राष्ट्रिय समन्वय परिषद् र आइसिसीका विचमा विधानले तोकेको कार्यक्षेत्रमा रही समन्वयकारी भूमिका खेल्ने भन्दै पोखरेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

अमेरिकामा एनआरएनएका गतिविधि हुन नसकेका राज्यमा एनआरएनलाई संगठित गराउँदैं राष्ट्रिय समन्वय परिषद् खोल्ने भूमिकामा जोड दिने भन्दै उनले आफ्नो उम्मद्वारी घोषणा गरेको बताए ।

एनआरएनएको सक्रियतामा महत्वपूर्ण भूमिका खेल्दै आएका पोखरेलले अमेरिका र क्यानडाको एनआरएनए एनसिसीमा एनआरएनहरुलाई संगठित गर्न राष्ट्रिय समन्वय परिषद्सँग मिलेर काम गर्ने बताएका छन् ।

अमेरिकामा बस्ने नेपालीको हक अधिकार स्थापित गर्नका लागि राष्ट्रिय समन्वय परिषद् भएका राष्ट्रको हकमा एनसीसी मार्फत र नभएका राष्ट्रमा आइसीसीको समन्वयमा काम गर्ने उनले बताए ।

उपसंयोजक पदमा उम्मेद्वारीको दावी गर्दै पोखरेलले पदीय जिम्मेवारी वहन गर्ने अवसर दिएमा जिम्मेवारीमा न्याय गर्न सक्ने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न सामाजिक संघ संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएका पोखरेल अमेरिकामा नेपालीहरुको पहिलो लायन्स क्लबको रुपमा रहेको डलास एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरेको अनुभव छ ।

नेपाली समाज टेक्ससको समेत अध्यक्ष भएर काम गरेका पोखरेलले सन् २०१५र १७ मा गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष पद सम्हालि सकेका छन् ।

विभिन्न पदमा रहेर आफ्नो जिम्मेवारीपूरा गरेका पोखरेलले यो कार्यकालमा गर्न बाँकी रहेका अधुरा योजना सम्पन्न गर्न पनि उपसंयोजक पदका लागि उम्मेदवारी घोषणा गरेको बताए ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलन आउँदो असोज २८-३० गतेसम्म काठमाण्डौंमा हुदैंछ । उक्त सम्मेलनले गैर आवासीय नेपाली संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

Post Comment