एनआरएनए अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यू बस्नेतको उम्मेद्वारी घोषणा

एनआरएनए अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यू बस्नेतको उम्मेद्वारी घोषणा
एनआरएन विशेष

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९–२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

हाल आईसिसि सदस्य रहनुभएका बस्नेतले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नवौ बिश्व सम्मेलनमा अमेरिकाज क्षेत्रीय उपसंयोजकमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । सामाजिक काममा निकै सक्रिय बस्नेत यसअघि एनआरएनए राष्ट्रिय समन्वय परिषद क्यानेडाबाट नेतृत्व गरिसक्नुभएको छ । बस्नेत संघको स्थापना कालदेखि नै यसको गतिविधिमा सक्रिय रूपमा लागिपरेको व्यक्ति हुनुहुन्छ ।

एनआरएनएलाई सबै बिचार, जात, बर्ग, समुदाय सहितको समाबेशी निर्माण गर्दै देशलाई आर्थिक उन्नति र समृद्धितर्फ लैजाने प्रमुख उदेश्यलाई कार्यान्वयन गराउन आफू उम्मेद्वारी दिन लागेको बस्नेतले बताउनु भयो ।

अमेरिकाज क्षेत्रमा आसिसि नेतृत्व जसरी पनि एनआरएनए नेतृत्वमा ल्याउन लागि परिरहेको पनि उहाँको भनाई छ । सिंगो अमेरिकाज क्षेत्रमा समस्यालाई लड्ने सबल नेतृत्व ल्याउन लागि पर्ने उहाँले बताउनु भयो । बस्नेतले केही दिनभित्र नै आफ्नो घोषणापत्रका साथ अमेरिकाज् क्षेत्रमा सबै माझ जाने जानकारी दिनुभयो ।

Post Comment