गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन यही असोज २८–३० सम्म काठमाडौंमा हुँदैछ ।
संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्यले उम्मेद्धवारी घोषणा गरिसकेका छन् । पन्त सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिन्छन् भने आचार्य कांग्रेसनिकट छन् ।
वर्तमान अध्यक्ष भवन भट्टले यसअघि नै अध्यक्षमा कुमार पन्तलाई सघाउने प्रतिबद्धता जनाईसकेका छन् । धेरैले भट्टले संघको नेतृत्व दोहोर्याउने अनुमान लगाएका थिए । तर, भट्टले आफू अब अध्यक्षमा नउठ्ने भनेर सार्वजनिक घोषणा गरिसकेका छन् ।
भट्टलाई अध्यक्ष बनाउनको लागि पन्तले ठूलो सहयोग पुर्याएका थिए । यसपटकको महाधिवेशनमा सर्वसम्मतीले नै नेतृत्व चयन गर्ने तयारी संस्थापक अध्यक्षहरुको छ । तर, महाधिवेशन आउनु २० दिन अघि नै नेतृत्वको लागि दुई जनाको उम्मेद्धवारी परिसकेको छ ।