रुपन्देही, ५ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको बताउनुभएको छ ।
आज बिहान गौतमबुद्ध विमानस्थल भैरहवामा क्रान्तिकारी पत्रकार सङ्घ रुपन्देहीद्वारा आयोजित पत्रकार सम्मेलनमा ३० दलीय मोर्चाका संयोजक दाहालले काँग्रेस र एमाले नेतृत्वको सरकार सहमति गर्नभन्दा विमति गर्न उद्दत भएको आरोप लगाउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले मोर्चामा देखिएको खटपट सामान्य भएको जनाउँदै केही दिनमा त्यसको समाधान हुने बताउनुभयो । उहाँले विपक्षी मोर्चा सहमतिमा संविधान जारी गर्ने सोचमा रहेकाले सरकार र बाहिर बसेका सम्पूर्ण दल मिल्नाको विकल्प छैन भन्नुभयो ।