राजनीति

uttsab

१६  साउन ।ईलाका प्रहरी कार्यालय टाडी चितवनले बिप्लप माओबादीका पश्चिम तामसालिगं ब्युरो सदस्य लाल सिङं थिङंं (उत्सव)लाई पक्राउ गरेको छ । पाटीको कामको सिलसिलामा पुर्व तर्फ जादै गर्दा मोटरसाईकलमा सवार उनलाई साझ ६ बजे टाडी चोक बाट प्रहरीले पक्राउ गरेको माओबादिका चितवन जिल्ला सेक्रेटरी महेशले बताएका छन् । प्रहरीले आफना नेता कार्यक्रतालाई खोजी खोजी पक्राउ गर्ने र झुटो मुद्दा लगाएर फसाउने अभियान अन्तरगत आफना नेता कार्यक्रतालाई बिनाकारण  दुःख दिन थालेको उनको भनाई छ ।

माओबादीका पश्चिम तामसालिगं ब्युरो ईन्चार्ज उमा भुजेल ‘शिलु’ले आफ्ना कार्यकर्ता लाइ तुरुन्तै रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिईन् । सुकुमबासी  र भुमीहिनहरुको गास बासको माग गर्दै जनताको अधिकार प्राप्तीका लागी आवाज उठाउदा आफुहरुलाई बिद्रोही सम्झने र दमन गर्दै आफना नेता कार्यकर्ता धमाधम समाएर जेल हाल्ने प्रयास प्रशासनले गरे आफुहरु जस्तोसुकै लडाई लड्न पनि तयार रहेको उनको भनाई छ । उनले तत्कालै उत्सवलाई रिहाई गर्न चितवन प्रशासन संग  जोडदार माग गरेकी छन् ।