काठमाडौं, साउन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले आज संसद सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । प्रचण्डको प्रस्तावकमा काँग्रेस सभापति शेरबहादुर देउवा रहेका छन् भने समर्थकमा माओवादी नेता कृष्णबहादुर महरा छन् । यसैबिच आज बसेको एमाले स्थायी समिति वैंठकले उम्मेदवारी नदिने निर्णंय गरेको छ । एमाले सशक्त प्रतिपक्षमा बस्ने र बिपक्षमा मतदान गर्ने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए । उनले एमालेले उक्त निर्णंय गरेर उच्च राजनीतिक संस्कारको थालनी गरेको टिप्पणी गरेका छन् । यसअघि एमाले उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रधानमन्त्रीको उम्मेदवार खडा गर्ने चर्चा थियो ।