कांग्रेसलाई ९ महिनामा सत्ता हस्तान्तरण गर्ने सहमति भएको छैन :प्रचण्डले भने ।

राजनीति

 

PUSPA KAMALकाठमाडौँ, साउन २३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

शनिबार राती नेपाल टेलिभिजनबाट प्रसारित “सिधाकुरा प्रधानमन्त्रीसँग’मा कुरा गर्दै प्रधानमन्त्री दाहालले भने – “संविधान कार्यान्वयन गर्न वातावरण सिर्जना गर्नु आवश्यकता र चुनौती दुवै हो, त्यसका लागि संविधानप्रति असन्तुष्टि व्यक्त गर्ने आदिवासी जनजाति र मधेसी समुदायलाई सहमतिमा ल्याएर सरकार अगाडि बढ्नेछ ।”

संविधान कार्यान्वयनका लागि प्रतिपक्षी दलसँग समेत सहकार्य गरेर अगाडि बढ्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले आफ्नो सरकारले पुनःनिर्माण, विकास र समृद्धि, भ्रष्टाचार, महँगी, कालोबजारी तथा देशमा व्याप्त दण्डहीनताको अन्त्य गर्ने सङ्कल्प गरे ।
प्रधानमन्त्री दाहालले सरकारको आयु नौ महिनामात्र हुने भन्नेबारेमा कुनै कांग्रेससँग त्यस्तो लिखित सहमति भएको छैन, तर यतिभित्रमा कामसक्ने वा सरकारको प्राथमिकता के–के हुने भन्नेबारे केही आधारहरू तयार भएको छ भने ।
९ महिनामा कांग्रेसलाई माओेवादीले सत्ताहस्तान्तरण गर्ने गरी सहमित भएको भनि चर्चा चलिरहेको बेला उनलेसत्ता हस्तान्तरण गर्ने कुनै सहमति नभएको भन्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।