भष्टाचारी, बलात्कारी र लागूऔषध कारोबारी नेता चुनावमा उम्मेदवार हुन नपाउने, शैक्षिक योग्यता भने अझै तोकिएन ।

राजनीति

image

काठमाडौं, साउन २५ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ । उक्त विधेयकमा भ्रष्टाचारमा दोषी ठहर भएका, मानव बेचबिचन, बलात्कार र लागूऔषध कारोबारमा दोषी ठहर भएकाहरु व्यक्तिहरु उम्मेदवार हुन नपाउने जनाईएको छ ।

जसमा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचविखत तथा ओसारपसार, लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण वा राहदानी दुरुपयोगसम्वन्धी कसुरमा अदालतको अन्तिम फैसलाबाट सजायँ पाएका व्यक्तिहरु उम्मेदवारका लागि अयोग्य हुने उल्लेख छ ।

तर उक्त मस्यौदामा उम्मेदवार बन्नका लागि शैक्षिक योग्यता भने तोकिएको छैन । नेता नैं नीति बनाउने व्यक्ति भएकाले उनीहरुको शैक्षिक योग्यता तोक्नु पर्ने माग संविधान सभाद्धारा जारी संविधानको सुझाव संकलनका बेला आम जनताले दिएका थिए ।

तर जनताले दिएका अधिकाँश सुझवावहरु संविधानमा उल्लेख गरिएको छैन । यसैगरी बैंकको ऋण नतिरी कानुनबमोजिम कालोसूचीमा रहेकाहरु पनि उम्मेदवार बन्न नपाउने निर्वाचन आयोगले प्रस्ताव गरेको छ ।

संविधानको धारा ८७ मा प्रतिनिधिसभा सदस्यको योग्यताबारे नैतिक पतन देखिने फैजदारी कसुरमा सजायँ नपाएका व्यक्ति भनिएको छ । त्यसैगरी एउटै नेताले दुईवटा चुनाव क्षेत्रमा उम्मेद्वारी दिन नपाउने पनि जनाएइको छ ।