माओवादीले लगायो ५ मन्त्रीको टुंगो, महिला भने छनोटमै परेनन्

राजनीति

 

maobadiकाठमाडौं, साउन ३० । नेकपा माओवादी केन्द्रले बल्ल पाँच मन्त्रीहरुको नाम र मन्त्रालयको टुंगो लगाएको छ ।

आज बिहान कुन कुन व्यक्तिलाई के के मन्त्रालय दिने भन्ने विषयमा माओवादीले बिहान गरेको छलफलका अनुसार जनार्दन शर्मालाई उर्जा, राम कार्कीलाई सञ्चार, हितराज पाण्डेलाई स्थानीय विकास र धनिराम (डीआर) पौडेललाई शिक्षा मन्त्री बनाउने पक्का भएको हो ।

यस्तै मधेसबाट सिराहाका समानुपातिक सांसद अजय शंकर नायक परेका छन् नायकलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

मधेसी सांसदबाट प्रभु शाहको नाम यसअघि कानून मन्त्रीका रुपमा चर्चामा आएपनि उनको नाम कटौतीमा परेको छ । तर महिला, मधसी र जनजातीलाई भने राज्यमन्त्री मात्र दिईने तयारी भएको स्रोतको दाबि छ ।

Post Comment