नेवि संघको महाधिवेशनमा अन्तरकलह हुनुको यस्तो छ चुरो कुरो

राजनीति

nebisang

काठमाडौं, साउन ३१ । नेपाल विद्यार्थी संघको महाधिवेशन प्रतिनिधिका विषयमा फेरि विवाद बल्झिएपछि नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सरेको छ । हिजोका लागि तय गरिएको मनोनयन दर्ता आज हुने तय गरिएको छ ।

तर विवाद नमिलेका अन्यौलता कायम नै छ । नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तरकलह चर्केको छ ।

सभापति शेरबहादुर देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ ।

 पौडेलले प्रतिनिधि विवाद देखाएर आइतबार अधिवेशन रोक्न सभापति देउवालाई आग्रह गरेका थिए । तर, सभापति देउवाले आफूलाई असफल बनाउने रणनीति अन्तर्गत पौडेल पक्षले निर्वाचन रोक्न खोजेको भन्दै निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय लिएका हुन् ।

निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले निर्वाचन कार्यतालिका शंसोधन गरी मनोनयन दर्ता आज सारिएको बताए । आज विहान साढे ८ देखि ११ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको छ । निर्वाचन भने पुरानै कार्यतालिका भोलि हुनेछ ।

पुरानो कार्यतालिका अनुसार हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म मनोनयन दर्ता तोकिएको थियो । निर्देशक समितिको सहमति विपरित प्रतिनिधि छनौट गरिएको रामचन्द्र पौडल पक्षधरले निर्वाचन प्रक्रिया अघि नबढाउन माग गरेका थिए ।

विवाद भने मिलि नसकेकाले आज पजि अन्यौलता भने कायम नै छ । मनोनयन दर्ता प्रक्रिया अगाडी बढाएपछि असन्तुष्ट पक्षले नाराजुलुस गर्नुका साथै ढुंगा प्रहार समेत गरेका थिए ।

Post Comment