डोटी, असोज २३ । नेपाल बिधार्थी संघकी सह–महामन्त्रि अम्बिका चलाउनेले महिलाको ३३ प्रतिशत अधिकार सुनिश्चित गर्न महिला संघको महत्वपुर्ण योग्दान रहेको बताउनु भएको छ । राज्य पक्ष बाट टाढा रहेको सुदुर पश्चिममा महिलाहरुका हक अधिकार अझै सुनिश्चत नभयको उल्लेख गर्दै त्यसकारण धेरै पछाडि परेको बताउनु भयो ।
रेडियो पञ्चदेवल एफ.एफ ८८.६ मेघाहर्जको प्रस्तुती दशै विषेश कार्यक्रममा कुराकानी गर्दै सह–महामन्त्रि चलाउनेले सुदुर पश्चिममा भयावह रुपमा छाउपडि प्रथा, देवकी प्रथा लगाएत यस्ता अन्य प्रथाहरु अझै कायम रहेकाले यस्ता प्रथा र महिलाहरु केही गर्न सक्दैनन् भन्ने सोचको अन्त्य नभए सम्म सुदुर पश्चिमका महिलाहरुको जन जिबन फेरिन नसक्ने उहाले दाबि गर्नु भयो ।
५१ प्रतिसत रहेको महिला जनसंख्याको सशक्ति करणमा उनिहरुलाई बाहिर राखेर हरेक विकासको योजना हामीले कोर्न थाल्यौ भने हामी सफल हुन नसक्ने धारणा राख्नु भयो । महिलामा हुने दुब्र्यवहार अन्त्य गर्नका साथै चेतना,क्षमता सशक्तिकरण अभिबृद्धिका लागी बजेट सुदुर मुखि बनाउनु पर्ने बताउदै सम्पुर्ण अछाम बासीलाई दशै तिहारमा हुने उत्तेजनात्मक र भड्काबपुर्ण क्रियाकलापले सर्बसाधारणमा प्रत्यक्ष्य असर पार्ने भएकाले यस्ता क्रियाकलाप नगर्न पनि आग्रह गर्नु भयो ।
दशै तिहारलाई सभ्य र सद्भावपुर्ण ढंगबाट मनाउन आम नागरीकमा आग्रह गर्दै विजया दशमी तथा सुभ दिपावलीको शुभकामना ब्यक्त गर्नु भयो ।