९ कार्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध पेश भएको महाअभियोगको प्रस्तावमाथि संसद बैठकमा छलफल सुरु भएको छ ।
महाअभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीले संसद बैठकमा आफ्नो प्रस्ताव पेश गरेका छन् ।
[youtube https://www.youtube.com/watch?v=NF35Lxp9tkE]
नेपाली कांग्रेस अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारे मतदानको समयमा खुल्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले कुनै ठोस धारणा तय गरेन । बैठकमा गगन थापा, प्रदिप पौडेलसहितका नेताहरुले महाअभियोगको पक्षमा उभिन दबाव दिएका थिए । तर, धेरै नेताहरु महाअभियोगको पक्षमा उभिएनन् । केहीले यसलाई एमालेको षडयन्त्र भने भने धेरैले आवेगमा निर्णय गर्न नहुने मत राखेका थिए ।
मंगलबार बैठकको समापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले लोकमानको चर्को ओलाचना गरे । तर, एमालेले आफूसँग छलफल नै नगरी अनायाशै प्रस्ताव ल्याएको भन्दै उनले आक्रोश पोखे ।
देउवाले यसमा बृहत छलफल आवश्यक रहेको र लोकमानमाथि लागेको अभियोग प्रमाणित हुनुपर्ने भन्दै कुनै निर्णय गराएनन् । नेताहरुले संसदीय दलमा छलफल गराउन माग गरेपछि त्यसमा केही भएको छैन । बैठकको निर्णयमा यसबारे के लेख्ने टुंगो लागेको छैन ।
:- अनलाइनखबर