नेपाल रास्ट्रीय बुद्धिजीवी संगठनको एकता जिल्ला भेला आज सहिद स्मृतिपार्क, पोखरामा एक समारोहका बीच सम्पन भएको छ / उक्त भेलाका प्रमुख अथिति माओबादी केन्द्रीय सदस्य देव गुरुङ रहनु भयको थियो भने अन्य अथितिहरुमा रास्ट्रीय केन्द्रिय बुद्धिजीवी संगठनका उपाध्येछे, माओबादी केन्द्रका केन्द्रीय सदस्य बखान सिह गुरुङ, झलकपानी तिवारी, केन्द्रीय सल्लाहकार कोमल नाथ बराल, पोलिटब्युरो सदस्य लोक बहादुर थापा, राजकाजी गुरुङ, स्थायी समिति सदस्य यसोधा सुबेदी रहनु भएको थियो /
उक्त अवसरमा स्वागत मन्तब राख्ने क्रममा माओबादी केन्द्रका केन्द्रीय सदस्य बखान सिह गुरुङले नेपाल रास्ट्रीय बुद्धिजीवी सङ्गठको एकता जिल्ला भेलालाइ शुभकामना दिनु भयो / यसैगरी केन्द्रीय सल्लाहकार कोमल नाथ बरालले बुद्धिजीवीहरुलाइ गाउ गाउ सम्म पुर्याउने कुरा गर्नुका साथै पढाइमा डिग्री हासिल गरेका मात्र बुद्धिजीवी हुने होइन, बरु समाजलाइ बुझेको र समाजिक उत्तरदायीत्व बहन गरी समाजलाइ सकारात्मक दिशा तर्फ अग्रसर गराउन मद्दत गर्ने हरकोही ब्यक्ती विशेष बुद्धिजीवी हुनु भन्नु भयो / मन्तबको क्रममा पोलिटब्युरो सदस्य लोक बहादुर थापाले बुद्धिजीवी बर्ग भनेको रास्त्रका बोद्धिक सम्मती हुन जसले पार्टीलाइ हरेक तबरले योगदान दिईरहेका हुन्छन भन्नु भयो /
यसैगरी केन्द्रीय संदस्य झलकपानि तिवारीले मावोबादी जुन ढंगले टुक्रियो त्यहि ढंगबाट एकीकृत गर्न बुद्धिजीवी वर्गले निकै ठुलो भूमिका निभाउनु भयो र माओबादी आन्दोलनमा बुद्धिजीवी बर्गको योगदान निरन्तर रहीहरने कुरा बताउनु भयो / यसैगरि स्थायी समिति सदस्य यसोधा सुबेदीले माओबादी आन्दोलनलाइ निष्कर्षमा पुर्याउने अहम भूमिका बुद्धिजीवीहरुको रहेको हुन्छ भन्नु भयो / आजको नया पुस्ता राजनीति प्रति उदाशीन भैरहेको अस्वाथालाइ बुझेर बुद्धिजीवि वर्गले बहस, छलफल र विभिन्न अन्तर्क्रिया गरी आजको नया पुस्तालाइ राजनीति प्रति आकर्षित गर्ने जिम्मेबारी समाजका बौद्धिक वर्गको काधमा रहेको कुरा ब्यक्त गर्नु भयो / नेताहरुद्वारा भएका र हुने गरेका राम्रा नराम्रा कार्यहरुको आलोचन र बहस गर्ने काम पनि बुद्धिजीवि बर्गको रहको कुरा बताउनु भयो / नेताहरुलाई खबरदारी गर्ने र सचेत गराउने कार्य पनि बौद्धिक वर्गको रहेको कुरा ब्यक्त गर्नु भयो /
यसैगरी नेपाल रास्ट्रीय बुद्धिजीवि सङ्गठका उपाध्येछयेले माओबादी मस्तिष्कहरु धेरै प्रकार हुन्छन सबै माओबादी मस्तिष्कहरुलाइ पार्टीको एउतै धारमा ल्याउने काम बुद्धिजीवी वर्गले गरिरहेको र गर्नु पर्ने कुरा बताउनु भयो / प्रमुख बक्ताको मन्तब्य दिदै मावोबादी केन्द्रका केन्द्रीय सदस्य देब गुरुङले विश्वमा तथा नेपालमा मार्क्सबादको इतिहास देखि वर्तमान समय सम्म भए गरेका आन्दोलन र उपलब्दीहरुको बारेमा जानकारी गर्नु भयो / बिभिन्न समाज र समयमा विश्व कम्युनिष्ट आन्दोलनलाइ निष्कर्षमा पुराउने कार्य बुद्धिजीवि वर्गले गरेको कुरा बताउनु भयो / आफ्नो पार्टीको अवधारणा र गतिबिधिहरुलाइ सर्बसाधारण जनताहरु सम्म सम्प्रेषण गर्ने कार्य र पार्टीमा अग्रपंक्तिमा रहेर जिम्मेबारी सम्हाल्ने नेताहरुलाइ गलत बाटोबाट सहि बाटोमा ल्याउने जस्ता महत्वपूर्ण कार्य पार्टीका बुद्धिजीवी वर्गहरुले गर्नु पर्ने र गरिरहेको अवस्था बारे बताउने भयो /