संविधान कार्यान्वयन चुनौतीमा : वरिष्ठ नेता पौडेल

राजनीति

पोखरा, २२ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधनमा एमालेको अतिवादी सोच र मधेशवादी दलले हठ् त्यागेर लचक हुनु पर्ने वताउनु भएको छ ।

नेता पौडेलले एमाले र मधेसीदले अतिरिन्जत कुरा गरेर संबिधान सशोधनमा बखेडा थापेको वताउनु भयो ।

नेपाली कांग्रेस कास्कीले आज पोखरामा आयोजना गरेको गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संविधान कार्यान्वयन अहिलेको चुनौती रहेको वताउनु भयो ।
उहाँले मधेशवादी र जनजाती समुदायका गुनासालाई छिटो संविधान संशोधनवाट सम्वोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि वढ्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले २०७४ माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुन सक्ने धारणा राख्दै उहांले यतिका उपलव्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलव्धि गुम्न नदिन सवै राजनीतिक दलहरुसंग आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस पद्धती , प्रकृया , संस्थागत र समझदारी अघि वढ्नु पर्नेमा जोड दिंदै उहांले पार्टी कार्यकर्ताहरुको सही मूल्यांकन भएमा मात्रै पार्टी एकता हुने राय प्रकट गर्नु भयो ।
उहांले देशमा राजनैतिक स्थिरता र सुशासन भएमा मात्रै मुलुकमा आर्थिक क्रान्ति संभव हुने वताउंदै यसको लागि मौलाउंदै गएको भ्रष्ट्राचार र ढिलासुस्तीको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो।

Post Comment