२३ कात्तिक । नेकपा एमाले प्रदेश नंं ४ ले नवलपुरलाई प्रदेश नं ४ बाट नछुट्याउन चेतावनी दिएको छ । संबिधानको अनुसुची ४ मा स्पष्ट भएको यो प्रदेशको सिमाना नचलाउन भन्दै यस्तो कामको दुश्साह नगर्न पनि राजनैतिक दलहरुलाई भनेको छ ।
प्रदेश नं. ४ का लागि नवलपुर महत्वपूर्ण भएकाले यसलाई छु्टाउन माउसुलीको पुच्छर छुट्टाएको जस्तो सजिलो छैन प्रदेश संयोजक किरण गुरुङ्गले भने —‘ नवलपुरका गैंडाको खाग जति महत्वपूर्ण छ हाम्रो प्रदेशका लागि नवलपुर त्यत्ति नै प्यारो छ ’ ।
पत्रकार सम्मेलनमा बोल्दै स्थायी कमिटि सदस्य एवं प्रदेश संयोजक किरण गुरुङ्गले संबिधानको सर्वोच्चता स्वीकार गरेर मात्र अगाडि बढ्नु पर्ने बताए । संबिधान संसोधन भन्नु घरको जग राख्न नपाउदै भत्काउनु सरह भएकाले त्यो लोकतान्त्रिक विचार होइन उनले भने—‘ आबधिक निर्वाचन प्रणालीलाई यो वा त्यो बहानामा संसोधन गर्न सक्दैनौं’ ।
बैठकले पोखरालाई प्रदेश राजधानी बनाउने निर्णय गरेको छ । कावासोती— १५ थारु होमस्टे गाउँ अमलटारीमा भएको पूर्ण बैठकले यस्तो निर्णय गरेको पोलिटब्युरो सदस्य तथा प्रदेश नंं ४ का प्रचार बिभाग प्रमुख जगत बिश्वकर्माले जानकारी दिए ।
दुई दिन सम्म चलेको बैठकको निर्णय सार्वजनिक गर्न आज गैंडाकोटमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नम्बर ४ ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान : संविधानको कार्यान्वयन एमालेको अभियान’ नारा सहित मंसिर १ गते देखी फागुन मसान्त सम्म जनपरिचालन , मतदाता शिक्षा, जनबर्गीय संगठनको भेला तथा अधिवेशन गर्ने , घर फर्क तथा पार्टी प्रवेश अभियान, प्रदेश नंं ४ को समग्र विकास निर्माण र समृद्धिका लागि दीर्घकालिन गुरुयोजना तयार गर्न बिज्ञको बेला मंसिर भित्र गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले प्रदेश कमिटिका संयोजक देखि सदस्यहरु कार्यबिभाजन समेत गरेको छ । पार्टी स्कुल बिभागमा संयोजक किरण गुरुङ्ग, संगठन बिभाग प्रमुखमा गणेश तिमिल्सेना, प्रचार बिभाग प्रमुखमा जगत बिश्वकर्मा, स्थानीय बिभाग प्रमुखमा मायानाथ अधिकारी र मार्चा संगठनको प्रमुखमा पदमा अर्याल र आर्थिक बिभाग प्रमुख तथा कार्यालय सचिवमा मानबहादुर जिसीलाई तोकेको छ ।
बैठकले चार नम्बर प्रदेशको राजधानी पोखरा तोकेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवलपुर छुट्टै जिल्ला घोषणा सहितको माग बुझाएकाले सरकारबाट त्यो माग पुरा गर्न भनिएको छ । बाग्लुङ्ग जिल्लामा रहेको ३२० मेगावाटको उत्तर गंगा जलायसयुक्त बिद्युत आयोजना र पोखरामा निर्माण भइरहेको अन्तराष्ट्रिय बिमानस्थलको छिटो गर्न बैठकले माग गरेको छ ।
अमलटारीमा भएको बैठकको निर्णय सार्वजनिक गर्न सयौं मोटरसाइकल र कारमा नेता कार्यकर्ता गैंडाकोटमा पुगेको थियो । नवलपुर जिल्ला माग सहितको र्याली गरिएको एमालेका केन्द्रीय सदस्य तिलक महतले बताए । पर्यटकीय स्थल मौलाकालीको अवलोकन पश्चात पत्रकार सम्मेलन गरी निर्णयहरु सावर्जनिक गरिएको हो ।
माओवादीका राज्य समितिका नेता सहित एक सय पचास जना एमालेमा प्रवेश कावासोती , २२ कात्तिक । एमाले रजहर गाउँ कमिटिले सोमबार गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा ( माओवादी — क्रान्तिकारी) का राज्य समिति सदस्य सहित एक सय ५० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वाधिनताको पक्षमा र जनजिविकाको सवालमा नेपालमा एमाले पार्टीको विकल्प नभएको भन्दै एमालेमा प्रवेश गरेको नेकपा ( माओवादी — क्रान्तिकारी) का राज्य समिति सदस्य हरिप्रसाद न्यौपानेले बताए । एमाले प्रवेश कार्यक्रममा बोल्दै उहाँले नवलपुर क्षेत्रलाई एमालेमय बनाउने अभियान थाल्ने उनले बताए ।
जिल्ला सदस्य टोपराज कोइरालाले २०६४ साल देखि माओवादीमा लागेपनि आफू एमाले पत्तिबाट आसा गरेकाले यो मौकामा एमालेमा फर्किएको जनाए । भिमबहादुर परियारले समृद्ध नेपाल बनाउने योजना र अठोट एमाले संग मात्रै भएकाले एमाले प्रवेश गरेको बताए ।
नेकपा ( माओवादी — क्रान्तिकारी) बाट एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य एवं शिक्षक संगठनका उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, बल बहादुर वि.क चिन्तामणी चापागाई, बिद्यार्थी नेता सिता वि.क भानुभक्त पौडेल, बिक्रम सुनार, केश गौतम, लक्ष्मण सुवेदी, चिन्तामणी ढकाल लगाएका एक सय भन्दा धेरै एमालेमा प्रवेश गरेका छन् ।
त्यस्तै अखण्ड नेपाल पार्टीबाट रजहर इकाइ अध्यक्ष ललितबहादुर बोहरा सहित ४५ जना एमालेमा प्रवेश गरेका छन् । प्रवेशीहरुलाई एमालेका स्थायी समिति सदस्य एवं प्रदेश संयोजक किरण गुरुङ्ग, पोलिटब्युरो सदस्य गणेश तिमिल्सेना, जगत बिश्वकर्मा, केन्द्रीय सदस्य तिलक महत लगाएतले अविर माला लगाएर एमालेमा स्वागत गरेका थिए ।