मंसिर २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई गुट र उपगुटको नभई सिंगो पार्टीको सभापति बन्न आग्रह गरेका छन् ।
कांग्रेस मकवानपुरले बिहीबार हेटौंडामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीलाई कमजोर बनाउने तत्वहरुले गुट उपगुट बनाइरहेको आरोप लगाए ।
नेता पौडेलले आफ्नो दलले मधेसवादी लगायतका दलहरुसँग समझदारी बनाएर संविधान संशोधन र निर्वाचनका लागि सहज वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको समेत जानकारी दिए ।