११ मंसिर । सरकारले आईतबार संविधान संसोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संसोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन्।
कांग्रेस र माओवादीका शिर्ष नेताहरु मस्यौदा तयार भएपनि सकेसम्म सहमतिमै संविधान संसोधन प्रक्रिया अगाडी बढाउने भन्दै थप छलफल गर्ने निष्कर्षमा पुगेका आजको नयाँ पत्रिकामा छापिएको छ।
सरकारले शुक्रबार तयार पारेको मस्यौदामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिस, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र चार सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, नियुक्ति वा मनोनित हुन वंशजका आधारमा नागरिक भएको हुनपर्ने संवैधानिक व्यवस्थामा तलमाथि नगरी प्रस्ताव गरिएको छ।
संविधान संसोधनका विषयमा प्रधानमन्त्री प्रचण्डले मधेसकेन्द्रित दलहरुसँग शुक्रबार पनि औपचारिक छलफल गरेका थिए। संविधान संसोधनका विषय अगाडि बढाउन संवैधानिक प्रक्रियाबारे उनले थप छलफल गर्ने तयारी गरेका छन्।