टोपबहादुर रायमाझीले किन बोले झुट ? खुल्यो यसरी पोल !

राजनीति

१२,मंसिर । नेकपा (माओवादीकेन्द्र)का स्थायी समिति सदस्य मातृका यादवले टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेशबाट केही जिल्ला अलग गराउने विषयमा पार्टीको बैठकमा कुनै पनि विमति नराखेको दाबी गर्नुभएको छ ।नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता यादवले पाँच नम्बर प्रदेशबाट पाँच जिल्ला अलग गराउने विषयमा पार्टी बैठकहरूमा कुनै पनि प्रकारको आपत्ति प्रकट नगरेको बताउनुभयो ।‘सार्वजनिक रुपमा के बोल्नुभयो हामीलाई सरोकारको विषय होइन’, उहाँलेभन्नुभयो, ‘तर आधिकारिक कुरा राख्ने ठाउँ पार्टी बैठकमा पाँच नम्बर प्रदेशबाट अर्घखाँची, पाल्पा र गुल्मीलाई हटाउने विषयमा कुनै पनि कुराको बिरोध गर्नुभएको छैन । उहाँको समर्थन छ ।’कार्यकर्तामाझ राजनीति गर्नका लागि नेता रायमाझीले पाँच नम्बर प्रदेशबाट अर्घखाँचीसहितका जिल्लालाई अलग गराउन पाइदैन भन्नुभएको आरोप लगाउँदै नेता यादवलेभन्नुभयो, ‘सीमाङ्कनको कुरा मिलाउने क्रममा माओवादी केन्द्रभित्र कुनै पनि प्रकारको मतभेद छैन ।’माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घखाँची, गुल्मी र पाल्पालाई पाँच नम्बर प्रदेशबाट हटाएर चार नम्बरमा ल्याउने कुराको सार्वजनिक रुपमा विरोध गर्नुभएको थियो । उहाँले यसका विरुद्ध पार्टीको निर्णय नमान्ने चेतावनी समेत दिनुभएको थियो ।

Post Comment