संविधान संशोधन प्रस्ताव बारे चिनले यसो भन्यो !

राजनीति

१७,मंसिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चीनका राजदूत यू होङ्गले खनाल निवास डल्लुमा आज साँझ शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

भेटको क्रममा मुलुकमा विकसित पछिल्लो राजनीतिक
अवस्था, दुई देशबीचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो ।

सो भेटको अवसरमा चीनका राजदूतले संबिधान कार्यान्वयनका लागि नेपालका दलहरु एक भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिदै नेपाललेअब शान्ति र स्थिरता कायम गर्दै चाडैआर्थिक विकासको बाटो पक्रियोस् भन्ने कामना समेत गर्नुभयो ।

चीनका राजदूतले आगामी दिनमा नेपाल–चीन सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।सो क्रममा पूर्वप्रधानमन्त्री खनालले चिनियाँ राजदूतलाई नेपालको पछिल्लो राजनीतिक अवस्था बारेमा जानकारी गराउनुभयो ।

सबै दल एकताबद्ध भए संविधान कार्यान्वयन हुने र त्यस पश्चात् नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा प्रवेश गर्ने कुरामा जोड दिदै नेपाल र चीनबीच परापूर्बक कालदेखि नै दौत्य सम्बन्ध रहेको कारण आपसमा सरसहयोग हुँदै आएको र आगामी दिनमा चीन सरकारको तर्फबाट अझ फराकिलो दायरामा सरसहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्दै राजदूतको सफल कार्यकालको शुभकामना समेत दिनुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईलेजानकारी दिनुभयो ।

Post Comment