नेपालले मधेस गुमाउन सक्छ :तमलोपा अध्यक्ष ठाकुर

राजनीति

१८,मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले केपी ओलीले भन्दैमा मधेसी जनताले अहिलेको संविधानलाई स्वीकार गर्न बाध्य नहुने चेतावनी दिएका छन् ।

तराई र पहाडी जिल्लाहरूलाई टुक्र्याउने गरेर ल्याइएको संविधान संशोधनको प्रस्तावपछि विरोध चर्किरहेका बेला तमलोपाका अध्यक्ष ठाकुरले अहिलेको संविधानमा रहेको व्यवस्थालाई एमालेका अध्यक्ष केपी ओलीले भन्दैमा संविधान स्वीकार गर्न नसकिने बताएका हुन् ।

‘यो संविधानलाई हामीले जलाउँदै आएका छौँ । जलाउँदै जाने छौँ’, नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार बिहान कुरा गर्दै ठाकुरले भने, ‘संशोधनमा आएका केही कुरालाई अहिलेको मान्न सकिन्छ । तर सबै कुरा स्वीकार्य छैन ।’

सीमाङ्कनका विषयमा मधेसी जनतालाई धोका दिए नराम्रो हुने चेतावनी दिएका ठाकुरले भने, ‘यस्तै अवस्था रह्यो भने मधेस गमाउन पनि सक्नुहुन्छ ।’ ठाकुरले पाँच नम्बर प्रदेशमा उर्लिएको आन्दोलनप्रति लक्षित गर्दै त्यसको कुनै अर्थ नहरेको बताए ।

विवाह गरेर आएकी महिलालाई नागरिकता दिने विषयमा अहिले पनि आफूहरूको चित्त नबुझेको उनको भनाइ थियो ।

‘विवाह गरेर नेपाल आउने विदेशी बुहारीलाई नागरिकता र अधिकार विहीन गराउने पक्षमा हामी छैनौँ’, अध्यक्ष ठाकुरले भने ।

Post Comment