१८,मंसिर । मधेसी मोर्चाले पर्सामा नेकपा एमालेलाई औपचारिक कार्यक्रम गर्न नदिने निर्णय गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साको शनिबार बसेको बैठकले जिल्लामा एमालेलाई औपचारिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो ।
बैठकले मधेसीका माग पूरा गर्न एमाले बाधक बनेको ठहर गर्दै उसलाई कुनैपनि राजनीतिक गतिविधि र कार्यक्रम गर्न नदिने र जबर्जस्ती गरेमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए । यसैबीच, मोर्चामा आबद्ध दलका नेता–कार्यकर्ताले एमालेको विरोध गर्दै शनिबार वीरगन्जको घन्टाघर चोकमा प्रदर्शन गरेका छन् ।