मंसिर २० । कांग्रेस नेता खुमबहादुर खड्का पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा लागेका छन् ।गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउनप्रमुख भूमिका खेलेका खड्का यतिखेर पार्टीका हरेक तहमा बार्गेनिङ गर्दै आफ्नो ‘स्ट्रेन्थ’ बढाउँदै लगेका छन् ।
नेता खड्का अहिले हिन्दु अधिराज्यको महाभियानमा लागेका छन् । त्यसैलाई आधार बनाएर उनले पार्टीका विभिन्न संरचनामा आफ्नो भाग खोज्न थालेका छन् ।
पार्टीको १३ औं महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्य निर्वाचित हुँदा खड्काले दोस्रो बढी मत ल्याएका थिए। कयौं वरिष्ठलाई पछि पार्दै आफनो पक्षका नेता खड्का अगाडि आएपछि उनले उठाउँदै आएको हिन्दूराज्यको मुद्दामा पार्टीभित्रै सकारात्मक महोल बनाएको बुझाइ खड्का पक्षधरको छ ।
सभापति देउवाले आफ्नो पक्षलाई सहयोगी मान्दै आएपछि खड्का पनि उनलाई चिढिन नदिने रणनीतिमा लागेका छन् । सकेसम्म देउवालाई फकाएरै बलियो बन्ने दाउमा उनी लागेका छन् ।–नयाँपत्रिका दैनिकबाट