२०,मंसिर । मधेसी जनताले अधिकार नपाएको भन्दै झण्डै दुई वर्षदेखि आन्दोलनरत मधेसी मोर्चाकाका केही युवा नेताहरू आफू आवद्ध मातृपार्टीहरूबाट पलायन हुने संकेत दिएका छन् ।विशेष गरेर मधेस केन्द्रित दलका युवा नेताहरू मातृपार्टी छाडेर तराई–मधेसमा बैकल्पिक नयाँ शक्ति निर्माणको पक्षमा देखिएका हुन् ।
तराई टुक्र्याउने अभियानको नेतृत्व गरिरहेका डा.सी.के. राउतसँग मिलेर बैकल्पिक शक्ति बनाउने अभियानमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका एक उपमहासचिव, महन्त ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका एकमहामन्त्रीसहितका युवा नेताहरू अग्रभागमा देखिएको स्रोतले जनाएको छ।यो युवा जमातले तराईमा बिखण्डनकारी आन्दोलन चलाउँदै आएका डा.सी.के. राउतलाई मूलधारको राजनीतिमा ल्याएर बैकल्पिक शक्ति बनाएर जाने विषयमा गोप्य वार्ता गरेको स्रोतले जनाएको छ ।
डा.सी.के. राउतले मधेस केन्द्रित दलका युवा नेताहरूलाई बिहारको अज्ञात स्थानमा बोलाएर दुई साता अगाडि परामर्श गरेको स्रोतको भनाइ छ ।डा.सी.के. राउतले राखेको गोप्य बैठकमा मधेस केन्द्रित दलका युवा नेताहरू पनि तराई–मधेसमा बैकल्पिक नयाँ शक्ति निर्माण गरेर दीर्घकालीनसंघर्षका लागि तयारी भएको बताइएको छ ।
‘डा.सी.के. राउत बौद्धिक व्यक्ति हुन्। उनलाई मूलधारको राजनीतिमा ल्याए अगाडि बढ्न सकिन्छ’, गोप्य बैठकमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अहिलेका मधेस केन्द्रितदलका नेताहरूले खासै आन्दोलनलाई हाँक्न सकेनन् । अब तराई–मधेसमा बैकल्पिक नयाँ शक्ति निर्माणमा अनिवार्य भइसकेको छ ।’