बिहानै विद्यार्थी र युवाले घेरे प्रधानमन्त्री निवास

राजनीति

२२,मंसिर । संविधान संशोधनप्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै एमाले निकट युवा र विद्यार्थीका साथै विपक्षमा रहेका दल निकट विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै धर्ना तथा प्रदर्शनगरेका छन् ।

बुधबार बिहानै जम्मा भएका युवा संघ नेपाल, अनेरास्ववियुसहितका विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले संशोधन प्रस्तावलाई राष्ट्रघातीभन्दै नारावाजी समेत गरेका थिए । अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार संशोधन प्रस्ताव फिर्ता गराउन दबाब दिन बालुवाटारमा धना र घेराउ गरिएको हो ।

युवा संघ, अनेरास्ववियुसहितका विद्यार्थी संगठनले बालुवाटारमा धर्ना तथा घेराउ गर्ने भएपछि सो क्षेत्रमा उल्लेख्य रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।एमाले निकट युवा र विद्यार्थीको अबरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबार आउँदा सधैँ प्रयोग गर्ने गरिएको सडक केही समय अवरुद्ध भएको थियो ।

राजधानीमा चरणबद्ध आन्दोलन गर्दै आएका युवा संघ नेपाल, अनेरास्ववियुसहितका विद्यार्थी संगठनले संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म सडक आन्दोलन जारी राख्नेजनाएका छन् ।

Post Comment