२६,मंसिर । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीलाई पार्टीमा कारवाही हुने भएको छ ।
संविधान संशोधन प्रस्तावको विपक्षमा लागेर टोपबहादुरले गल्ती गरेको भन्दै माओवादी केन्द्रका नेताएवं अध्यक्ष प्रचण्डका ‘दाहिने हात’ बर्षमान पुनले पार्टीमा छलफल गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताए ।
‘आफ्नै पार्टीले नेतृत्व गरेको सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा लागेर टोपबहादुरबाट गल्ती भएको छ,’ हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै नेता पुनले भने- ‘यसबारे पार्टीमा छलफल हुन्छ ।’अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने टोपबहादुर पाँच नम्बर प्रदेश टुक्राउने गरी सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विरोधमा जनतासँगै आन्दोलनमा उत्रिएका छन् ।
जसका कारण माओवादीमा खैलाबैला मच्चिएको छ । र, यसै सिलसिलामा कारवाहीको कुरा उठेको हो ।‘सरकार मात्र होइन् पार्टीकै निर्णय हो’पाँच नम्बर प्रदेशको आन्दोलनमा जनतासँगै टोपबहादुर रायमाझी ।
जनतासँगै आन्दोलनमा उत्रिएका टोपबहादुरले केही दिनअघि बुटबलमा आयोजित जनसभामा संशोधन प्रस्ताव सरकारले एक्लाएक्लै ल्याएको र माओवादीले संस्थागत निर्णय नगरेको बताएका थिए ।
उनको यो भनाईमा आपत्ति जनाउँदै प्रचण्डका ‘दाहिने हात’ पुनले रायमाझीसहितको बैठकले संविधान संशोधन प्रस्तावका बारेमा निर्णय लिएको दाबी गरे ।‘उहाँले भनेजस्तो यो सरकारकोमात्र प्रस्ताव होइन । उहाँसहितको पार्टी निर्णय हो,’ पुनले भने- ‘उहाँले पाच नम्बर प्रदेशलाई नचलाउ भन्नु भएको थियो । तर निर्णय भइसकेपछि उहाँ यसरीप्रस्तुत हुनु राम्रो होइन । उहाँ देशकै नेता हो । आफ्नो गृहप्रदेशमात्र हेर्न हुन्थेन ।’पुनले अगाडि भने- ‘हामी उहाँलाई अबकोबैठकमा किन विपक्षमा जानुभयो भनेर सोध्छौं । उहाँले रियलाइज गर्नुपर्छ। निश्चय पनि पार्टीभन्दा व्यक्ति गौण हुन्छ । पार्टीको अनुशासनमा नरहे कारवाही हुन्छ। ’